नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उत्साहजनक रूपमा बढेको छ । नेप्से ३८.१९ अंकले वृद्धि भई २७८३.८५ विन्दुमा पुगेर बन्द भएको छ ।
आजको कारोबारमा कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ पुगेको छ । बजारमा समग्र रूपमा सकारात्मक माहोल देखिएको छ । आज २४७ कम्पनीको सेयर मूल्य बढेको छ भने केवल १८ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा फर्स्ट माइक्रोफाइनान्सका सेयरधनीहरूले सबैभन्दा धेरै १४.१९ प्रतिशत नाफा कमाएका छन् । त्यसैगरी कुमारी धनवृद्धि योजना ११.३७ प्रतिशत र डोल्टी हाइड्रोपावर ८.४३ प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै घट्ने कम्पनीका रूपमा त्रिशूली जलविद्युत कम्पनी देखिएको छ, जसको मूल्य २.८७ प्रतिशतले घटेको छ । समूहगत रूपमा सबै सूचकमा सुधार देखिएको छ, जसले बजारमा समग्र लगानीकर्ताको विश्वास बढेको संकेत गरेको छ ।
रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सले सबैभन्दा बढी २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसपछि नेशनल हाइड्रोपावर १७ करोड ६० लाख र एसवाई प्यानल १६ करोड १० लाख रुपैयाँ कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।