भारतको सीतामढीस्थित सुरसन्डमा प्रहरीले फिल्मी शैलीमा भइरहेको गाँजा तस्करीको पर्दाफास गरेको छ । तस्करहरूले प्रहरीलाई झुक्याउन रातो रंगको कारलाई फूलले सजाएर दुलहाको गाडी जस्तो बनाएका थिए ।
विशेष सूचनाको आधारमा सुरसन्ड थानाका प्रमुख लालकिशोर गुप्ताको नेतृत्वमा गरिएको कारबाहीमा १ सय ४२ किलो गाँजा बरामद गरिएको छ । प्रहरीले उक्त कारसमेत नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, घटनामा संलग्न दुई जना तस्करलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। MH06BM3668 नम्बरको गाडी पनि बरामद गरिएको छ ।