जिल्ला अदालत पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जि जारी गरेको छ ।
गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंह सहित ४ जनालाई अनुपस्थित जनाई सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरेको थियो । सोहि मुद्दाको अनुसन्धानका लागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह बिरुद्धको किर्ते नागरिकता मुद्दामा पक्राउ पुर्जि जारी गरेको जिल्ला अदालत पर्साले जनाएको छ ।
अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता, रहदानी बनाएर लिखित सम्बन्धी कसुर गरेको दायर मुद्दामा पक्राउ पुर्जि जारी भएको जिल्ला अदालतले जनाएको हो । लिखित सम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ ९ग० बमोजिम सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई सात वर्षसम्म कैद र सतरी हजार रुपैयाँ सम्म जरिवाना हुने माग दाबी गरेको मुद्दामा ३५ दिने पक्राउ पुर्जि जारी गरिएको जिल्ला अदालतले जनाएको छ । सरकारी वकिल कार्यालय मार्फत दायर मुद्दामा वीरगंज मै रहेका मेयर सिंह अनुपस्थित जनाई जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
लिखित सम्बन्धिको कसुरमा मेयर राजेशमान सिंह सहित उनकी दोश्रो भनिएकी श्रीमति रिता भट्टराई, उनकी छोरी र पञ्जीकरण अधिकारी समेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो । तीनैजना विरुद्ध पक्राउ पुर्जि जारी भएको हो । पर्सा प्रहरीले मेयर राजेशमान सिंहको उजुरीमा कार्वाही प्रकृया अगाडी नबढाएको भन्दै उजुरी कर्ता उच्च अदालत वीरगंज अस्थायी इजलास, जनकपुरमा रिट दायर गरेका थिए ।
उच्च अदालतले प्रहरी प्रशासनलाई तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो । सोही आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले विस्तृत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । उजुरी दर्ता भएको समयमा तत्कालीन प्रहरी उपरीक्षक कोमल शाह पर्सामा कार्यरत थिए । त्यसपछि क्रमशः कुमोद ढुंगेल, गौतम मिश्र र हालका प्रहरी उपरीक्षक सुदीप राज पाठकको कार्यकालसम्म पनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको थिएन् ।
लिखित सम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई सात वर्षसम्म कैद र सतरी हजार रुपैयाँ सम्म जरिवाना हुने माग दाबी गरिएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंह विरुद्ध झुठा विवरण पेस गरि नागरिकता बनाएकाे र लिखत सम्बन्धि कसुर २/२ वटा मुद्दा दायर भएकाे छ । नागरिकता किर्ते सम्बन्धी मुद्दा २०८० साल पुसमा पत्रकार जियालाल साहले “सिधाकुरा” मार्फत खुलासा गरेका थिए । समाचार सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाएको थियो । तर, मुद्दामाथि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा पत्रकार साहमाथि नै मेयर राजेशमान सिंहले लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका छन् । पत्रकार साह विगत डेढ वर्षदेखि विभिन्न मुद्दा खेप्दै आएका छन् ।
अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर जन्मदर्ता, नागरिकता तथा राहदानी लगायतका सरकारी कागजात बनाइएको आरोपमा मुद्दा दायर गरिएको जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले बताउनु भएको थियाे । उहाँका अनुसार लिखत सम्बन्धि कसुर 2082-C1 -1083, अर्काे लिखत सम्बन्धि कसुर कै मुद्दा नम्बर 2082-C1-1084, झुठा विवरण पेस गरि नागरिकता बनाएकाे मुद्दा नम्बर 2082-C1-1085 त्यसैगरी झुठा विवरण पेश गरि नागरिकता र रहदानी बनाएको अर्को मुद्दा नम्बर 2082-C1-1086 दर्ता भएको हाे ।
सरकारी वकिलका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया निवासी लियाकत अलिले २०८० साल माघ महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए ।
उजुरीमा मेयर सिंहले किर्ते जन्मदर्ता तयार गरी त्यसकै आधारमा नागरिकता, राहदानी तथा अन्य सरकारी कागजात अर्काकी छाेरीलाई बनाइदिएको आरोप लगाएको थियो ।