तथा कार्यवाहक नगर प्रमुख लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालयस्थित सभाहलमा बैठक सम्पन्न भएको हो ।
नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ७१ करोड ६६ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रस्तुत बजेटमा नगरपालिकाको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा जनजीविकासँग सम्बन्धित क्षेत्रलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, विकास निर्माणका योजनालाई तीव्रता दिने तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ बजेट तथा कार्यक्रम तयार गरिएको जनाएको छ ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव रमेश श्रेष्ठ, नगर सभाका सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । प्रस्तुत बजेट तथा नीति–कार्यक्रममाथि आगामी बैठकहरूमा विस्तृत छलफल गरी पारित गरिने जनाइएको छ ।