वीरगंज का सामुदायिक विद्यालयमा विद्यार्थीको पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममै अहिले प्रश्न उठेको छ ।
विद्यालयमा उपलब्ध गराइने खाजा तोकिएको मापदण्डअनुसार पोषिलो नभएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् । बालबालिकाको स्वास्थ्य र सिकाइसँग प्रत्यक्ष जोडिएको दिवा खाजामा गुणस्तर र पोषणको सुनिश्चितता हुनुपर्ने अभिभावकहरूको माग छ ।
तर, अधिकांश विद्यालयमा खाजाको गुणस्तरप्रति नै प्रश्न उठेपछि यसको नियमित अनुगमन र प्रभावकारी व्यवस्थापन आवश्यक देखिएको छ ।