अस्तव्यस्त वीरगंज महानगरपालिका, एकसाता मै दुई दुई पटक आन्दोलन, आन्दोलनकाे नेपथ्यमा को उठायो गम्भीर प्रश्न ?
मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानगरपालिका । यतिबेला भने चरम राजनीतिक र प्रशासनिक अस्तव्यस्तताको चक्रव्यूहमा फसेको छ । तत्कालीन मेयर राजेशमान सिंह निलम्बनमा परेसँगै वीरगंज महानगरपालिका एकाएक अशान्त र अस्तव्यस्त बन्न पुगेको छ । पछिल्लो एक हप्ताभित्रै महानगरमा दुई–दुई पटक आन्दोलन भइसकेका छन् । आखिर वीरगंजलाई अस्तव्यस्त बनाउने खेलमा पर्दा पछाडि को काे सक्रिय छ ? आज हामी यसै विषयमा केन्द्रित भएका छौँ ।