नेपालिज यङ इन्टरप्रेनर्स’ फोरम (NYEF) वीरगंज च्याप्टरले भारतको नयाँदिल्लीस्थित Everest Chamber of Commerce and Industry (ECCI) सँग ‘Beyond Borders: Birgunj–Delhi Connect 2026’ अन्तर्गत महत्वपूर्ण व्यावसायिक भेटघाट तथा छलफल सहित सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
भेटघाटका क्रममा NYEF वीरगंज च्याप्टर र ECCI नयाँदिल्लीबीच भविष्यमा संयुक्त कार्यक्रम सञ्चालन, व्यावसायिक सहकार्य, नेटवर्किङ, ज्ञान तथा अनुभव आदान–प्रदान र नेपालमा लगानीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हाे । छलफलमा ‘Made in Nepal’ उत्पादनलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने विषयमा समेत विशेष चर्चा भएको थियो । साथै नयाँदिल्ली र वीरगञ्ज दुवै स्थानमा ‘Made in Nepal Expo’ आयोजना गर्ने सम्भावनाबारे पनि छलफल गरिएको जनाइएको छ ।
यस सहकार्यले नेपाल–भारतबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउँदै युवा उद्यमीका लागि लगानी, बजार विस्तार, व्यावसायिक साझेदारी तथा नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
NYEF वीरगञ्ज र ECCI नयाँदिल्लीबीचको सहकार्यले सीमापार व्यापारिक नेटवर्क विस्तार गर्नुका साथै नेपाली उत्पादनलाई भारतीय बजारमा स्थापित गर्न थप अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।