वीरगंज । बानेश्वरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान काठमाडौं–१० स्थित पुरानो संसद् भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायतले डिउटीमा खटिएकी ट्राफिक प्रहरी महिला र पुरुष दुवैमाथि हातपात गरेका थिए ।
उनलाई लगत्तै पक्राउ गरेर प्रहरी वृत्त बानेश्वर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेश राज सुवेदीले बताए ।
आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले प्रहरी महिलासँग विवाद गर्दै आक्रमण गरेका हुन् । त्यसपछि सम्झाउन पुगेका ट्राफिक प्रहरी ९पुरुष०सँग पनि विवाद गर्दै हातपात गरेका थिए ।
‘डिउटीमा खटिएकी ट्राफिक प्रहरीले आकाशे पुल नजिकै छ, जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना हुन्छ, आकाशे पुलबाट जानुस्’ भनेपछि कठायतले एक्कासि आक्रमण गरेको देखिन्छ,’ सुवेदीले भने, ‘घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ।’