काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार रानीपोखरीमा पुरुषको शव भेटिएको हो ।
प्रहरीका अनुसार शव भेटिएका पुरुषको उमेर करिब ३५ देखि ४० वर्षको अनुमान गरिएको छ। तर, मृतकको पहिचान भने खुल्न सकेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको डीआईजी थपलियाले जानकारी दिएका छन्। शव फेला पर्नुको कारण र घटनासम्बन्धी अन्य विवरण खुल्न बाँकी छ ।