शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद
न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असोज २९, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट थापा पक्राउ परेका हुन् । उनी घरमा आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

थापा पक्राउ पर्दा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दाको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। त्यसपछि उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ । भेष बदलेर बस्ने र आवश्यक पर्दा अरूको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसअघि पनि लामो खोजीपछि पक्राउ परेका थिए थापा

न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो खोजीपछि पक्राउ परेका थिए। प्रहरीले दुई वर्ष सात महिनासम्म निगरानी र खोजी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो ।

त्यतिबेला उनको पक्राउलाई प्रहरीको ठूलो उपलब्धिका रूपमा लिइएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सार्वजनिक गर्दा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल स्वयं पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। अर्यालले उक्त पक्राउलाई प्रहरीको घाँटीमा अड्किएको काँडा निकालिएसरह भएको बताएका थिए ।

थापा चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए। पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशसँग जोडिएको न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएपछि उनी जन्मकैदको सजाय भोगिरहेका थिए ।

राजनीतिक विवाद र अदालतको आदेश हत्याको पृष्ठभूमि

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा उनको गाडी रोकेर गोली प्रहार गरिएको थियो ।

प्रहरी अनुसन्धानअनुसार चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेश हत्याको पृष्ठभूमिसँग जोडिएका थिए ।

पार्टीको नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेपछि आयोगले केशव मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई वैधानिकता दिएको थियो। उक्त निर्णयविरुद्ध मैनाली सर्वोच्च अदालत पुगेका थिए। त्यसपछि न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अनुसन्धानमा अदालतको आदेशले आफ्नो राजनीतिक भविष्य समाप्त हुने ठानेपछि थापाले हत्याको योजना बनाएको निष्कर्ष निकालिएको थियो । तत्कालीन अनुसन्धान अधिकारीहरूले पनि पार्टीभित्रको विवाद र अदालतको आदेशलाई हत्याको प्रमुख कारणका रूपमा व्याख्या गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीको खोजीमा रहेका थापा अन्ततः आफ्नै घरबाट पक्राउ परेका छन् । उनीमाथि बरामद भएका हातहतियारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ११:२०
#सर्वोच्च अदालत #नेपाल प्रहरी #सर्लाही प्रहरी #जेनजी आन्दोलन #फरार कैदी #हातहतियार बरामद #बाबु थापा #रणबहादुर बम हत्या #चुरेभावर राष्ट्रिय पार्टी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो बुधबार, असोज २८, २०८३
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ बुधबार, असोज २८, २०८३
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद बुधबार, असोज २८, २०८३
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना मंगलबार, असोज २७, २०८३
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ मंगलबार, असोज २७, २०८३
कञ्चनपुरमा किशोर अपहरणपछि कुटपिट, पाँच जना प्रहरी नियन्त्रणमा
कञ्चनपुरमा किशोर अपहरणपछि कुटपिट, पाँच जना प्रहरी नियन्त्रणमा मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद
न्यायाधीश बम हत्याका फरार प्रतिवादी पक्राउ, हतियार र गोली बरामद वीरगंज सिटी
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो
यात्रुलाई हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP