नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा–छोरा डुबेर बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुन गएका ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन् ।
खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकमा बस्दै आएकी शर्मा र उनका छोरा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनामा परेकी शर्माकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको छ। वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी उनको उद्धार गरेको हो ।
आमा सिर्जना र छोरा प्रशिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।