महोत्तरी । तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि महोत्तरीको गौशाला नगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
नगरपालिकाले बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।
नगर प्रमुख महतोले नगरपालिकाको तर्फबाट बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बताए ।
“नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौँ,” उनले भने ।
यसैबीच नगर प्रमुख महतोले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढीप्रति सजग र सतर्क रहन आग्रह गरेका छन् । उनले जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानमा रहन समेत अनुरोध गरेका छन् ।
गौशाला नगरपालिकाले विपद्को समयमा मानवीय सहयोग र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ ।