बाढीपीडितको राहत तथा मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले आदर्श टोल सुधार समाज, वीरगंज–१६ पर्साले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २ महिलासहित २७ जनाले रक्तदान गरेका छन् ।
आदर्श टोल सुधार समाज वीरगञ्जका अध्यक्ष प्रकाश सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१६ का वडा अध्यक्ष प्रसुराम चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका लालबाबु सिंह, समाजसेवी अभिलाष गुप्ता, राजेन्द्र भट्टराई, नवराज भट्टराईलगायतको उपस्थिति थियो ।
रक्तदान गर्नेहरूमा श्यामसुन्दर गुप्ता, अनिलकुमार रौनियार, रुस्तम अली, बलिराम यादव, रोशन सर्राफ, महेशकुमार मण्डल, अरुण यादव, कौशल पटेल, सत्यमकुमार सहानी, रविप्रसाद साह, राजु पण्डित र उपेन्द्र जयसवाललगायत रहेका छन् ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा रहेको टोलीले प्राविधिक सहयोग गरेको थियो ।
आयोजकका अनुसार प्राकृतिक विपद्का बेला बाढीपीडितलाई सहयोग पुर्याउनुका साथै आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा समेत सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीयस्तरमा सामाजिक संस्था, जनप्रतिनिधि तथा समाजसेवीहरूको सहकार्यमा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।