शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा ठोरी, छिपहरमाई, बहुदरमाई, सखुवा प्रसौनी र पटेवा सुगौलीसम्ममा लाखौँ इन्धन खर्च, खपतको हिसाब अस्पष्ट, लगबुक–बिलमै देखियो कमजोरी
आरोहन साह
आरोहन साह शनिबार, कात्तिक ७, २०८३
A1 Beakery Add A1 Beakery Add

नागरिकले तिरेको करबाट सञ्चालन हुने स्थानीय सरकारहरू वित्तीय सुशासन र जवाफदेहितामा कतिसम्म गैरजिम्मेवार बन्न सक्छन् भन्ने ज्वलन्त उदाहरण पर्साका पालिकाहरूमा देखिएको छ ।

पर्सा जिल्लाका स्थानीय तहहरूले इन्धनका नाममा राज्यकोषबाट करोडौँ रुपैयाँ मनोमानी ढंगले सिध्याएका छन् । महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका अधिकांश पालिकाहरूले इन्धन ‘पानीसरह’ बगाएका छन् तर त्यसको कुनै प्रमाण, अभिलेख, लगबुक, कुपन वा आधिकारिक प्रमाण भने पेस नगरेको महालेखा परिक्षण कार्यालयले जनाएको छ । 

पर्साका पालिकाहरूमा सार्वजनिक स्रोतको दोहन कुन हदसम्म भएको छ भने, कुन सवारी साधनले कति गुडेको छ, कुन प्रयोजनका लागि इन्धन प्रयोग भएको हो र त्यसको औचित्य के थियो भन्ने न्यूनतम आधार समेत लेखापरीक्षक समक्ष प्रस्तुत गरेको छैन् ।

आन्तरिक आयको ६१ प्रतिशत इन्धन मै श्वाहा, योजनाका नाममा करोडौँ भुक्तानी

Add Sarwotam HospitalAdd Sarwotam Hospital

महालेखाको प्रतिवेदनले पर्साका पालिकाहरूको खर्च प्रवृत्तिलाई केलाउँदा सबैभन्दा अस्वाभाविक खर्च पकाहामैनपुर गाउँपालिकामा देखाएको छ । सो गाउँपालिकाले एकै आर्थिक वर्षमा ४९ लाख रुपैयाँ इन्धनमा खर्च गरेको छ । यो रकम पालिकाको कुल आन्तरिक आम्दानी ९८० लाख २५ हजार २ सय ९२ रुपैयाँ० को ६१।०६ प्रतिशत हो । गाउँपालिकासँग कार, भाडाका गाडी, एम्बुलेन्स, जेसीबी, ट्र्याक्टर, जेनेरेटर र १८ वटा मोटरसाइकल सञ्चालनमा रहे पनि ती सावारी साधनहरू कहाँ कहाँ गए कतिको गुडेको छ र त्यसको दिन र समय वा  खपत प्रमाणित गर्ने लगबुक समेत नराखिएको महालेखा परिक्षकले जनाएको छ । 

यसैगरी पर्साको ठोरी गाउँपालिकामा इन्धन खर्चको आँकडा झनै डरलाग्दो छ । ठोरीले कार्यालय प्रयोजन तथा विभिन्न निर्माण योजनाका नाममा १ करोड ८ लाख १ हजार १ सय २४ रुपैयाँ इन्धनमा भुक्तानी गरेको छ । यसमध्ये तटबन्ध, बाँध निर्माण र ग्रामीण सडक स्तरोन्नति शीर्षकबाट मात्रै ८५ लाख ३५ हजार १ सय २४ रुपैयाँ खर्च भएको देखाएको छ । तर, कुन योजनाका लागि कति इन्धन खर्च गर्ने भन्नेबारे गाउँ कार्यपालिकाबाट कुनै पूर्वबजेट विनियोजन वा नीतिगत निर्णय भने गरेको छैन् । इन्धन खरिदको बिल त पेश गरेको छ, तर त्यो इन्धन साँच्चि कै जनताको तटबन्ध वा सडक बनाउन प्रयोग भयो कि कागजी बिल मिलाएर रकम हिनामिना गरियो भन्ने यकिन गर्ने कुनै आधार नभएको महालेखाको प्रतिवेदनले ठहर गरेको छ ।

पालिकागत इन्धन खर्चको फेहरिस्त र महालेखाको कैफियत

ठोरी गाउँपालिकामा १ करोड ८ लाख इन्धन खर्च, योजनाको नामसमेत स्पष्ट छैन

ठोरी गाउँपालिकाले कार्यालय प्रयोजन तथा विभिन्न योजना र निर्माणसम्बन्धी शीर्षकबाट १ करोड ८ लाख १ हजार १२४ रुपैयाँ इन्धनमा भुक्तानी गरेको छ । 

तटबन्ध, बाँध निर्माण तथा ग्रामीण सडक स्तरोन्नतिलगायतका शीर्षकबाट मात्रै ८५ लाख ३५ हजार १२४ रुपैयाँ इन्धनमा खर्च गरिएको महालेखाले जनाएको छ । तर कुन योजनाका लागि कति इन्धन खर्च गर्ने भन्ने विषयमा कार्यपालिकाबाट बजेट विनियोजन वा स्पष्ट निर्णय नगरी इन्धन बिलका आधारमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सखुवा प्रसौनी गाउँपालिकामा ७२ लाखभन्दा बढी खपत, इन्धनको मापदण्ड तयार नगरि खर्च

सखुवा प्रसौनी गाउँपालिकाले जनप्रतिनिधि, कार्यालय प्रयोजन, एम्बुलेन्स तथा अन्य प्रयोजनमा ७२ लाख ७५ हजार ८ सय २० रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

तर सवारीसाधन प्रयोग गर्ने पदाधिकारी तथा कर्मचारीले प्रयोग गरेको इन्धनको अभिलेख, हेभी मेसिनको सञ्चालन अवधि तथा ती मेसिनले खपत गर्ने इन्धनको मापदण्ड तयार नगरि खर्च गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

पटेवा सुगौलीमा ६६ लाखभन्दा बढी खर्च, सवारीसाधनगत विवरण छैन्

पटेवा सुगौली गाउँपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन, एम्बुलेन्स र जेसीबीका लागि ६६ लाख ८० हजार ३ सय ४८ रुपैयाँ इन्धनमा खर्च गरेको छ । तर इन्धन खर्च गर्दा सवारीसाधनको गन्तव्य, दूरी, समय र खपतबीचको सम्बन्ध देखिने गरी व्यवस्थित लगबुक नराखिएको महालेखाले जनाएको छ ।

लेखापरीक्षणका क्रममा सवारीसाधन प्रयोगकर्ताअनुसार इन्धन खपतको विवरण माग गरिए पनि गाउँपालिकाले उपलब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख छ । यसले ठूलो रकम इन्धनमा खर्च भए पनि कुन सवारीसाधनले कति इन्धन प्रयोग गर्‍यो भन्ने आधारभूत विवरण नै अभिलेखबाट नदेखाएको जनाएको छ ।

पकाहामैनपुरमा आन्तरिक आम्दानीको ६१ प्रतिशत इन्धनमा

पकाहामैनपुर गाउँपालिकाले आर्थिक वर्षमा ४९ लाख रुपैयाँ इन्धनमा खर्च गरेको छ । यो रकम गाउँपालिकाको ८० लाख २५ हजार २९२ रुपैयाँ आन्तरिक आम्दानीको ६१।०६ प्रतिशत हो ।

गाउँपालिकासँग कार, भाडाको गाडी, एम्बुलेन्स, जेसीबी, ट्र्याक्टर, जेनेरेटर तथा १८ वटा मोटरसाइकल सञ्चालनमा रहेका छन् । तर सवारीसाधनको गन्तव्य, दूरी, समय र इन्धन खपतबीचको सम्बन्ध देखिने गरी व्यवस्थित लगबुक समेत राखेका छैन् भने इन्धनका बिल समेत व्यवस्थित नभएको महालेखाले जनाएको छ ।

लेखापरीक्षणका क्रममा कुन–कुन सवारीसाधनमा कति इन्धन खपत भयो भन्ने विवरण माग्दा पनि गाउँपालिकाले उपलब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख छ । 

जगरनाथपुरमा ४७ लाख खर्च, खपतको मापदण्ड छैन

जगरनाथपुर गाउँपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन तथा जेसीबी र ट्र्याक्टर सञ्चालनका लागि ४७ लाख २४ हजार ७ सय ३४ रुपैयाँ इन्धनमा खर्च गरेको छ।

तर पदाधिकारी, कर्मचारी तथा हेभी मेसिनले प्रयोग गरेको इन्धनको छुट्टाछुट्टै अभिलेख भने राखेको छैन । हेभी मेसिनको सञ्चालन अवधि र त्यसले खपत गर्नुपर्ने इन्धनको मापदण्ड समेत तयार नगरि खर्च गरेको महालेखाले जनाएको छ ।

बहुदरमाई नगरपालिकामा ४५ लाखभन्दा बढी इन्धन खर्च

बहुदरमाई नगरपालिकालेपदाधिकारी इन्धन, कार्यालय प्रयोजन तथा अन्य सुविधासहित ४५ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । नगरपालिकासँग २९ वटा मोटरसाइकल, तीनवटा सरकारी गाडी, दुईवटा ट्र्याक्टर र एउटा जेनेरेटर रहेको विवरण पठाएको छ । तर कुन सवारीसाधनमा कति इन्धन खपत भयो भन्ने यकिन विवरण भने उपलब्ध नगराएको महालेखाले जनाएको छ ।

इन्धन लगबुक, कुपन तथा माग बिलका आधारमा खर्च लेखिएको भएपनि सवारीसाधनअनुसार इन्धन खपतको विवरण स्पष्ट नभएको भन्दै महालेखाले अभिलेख व्यवस्थित गर्न बहुदरमाइ नगरपालिकालाइ सुझाव दिएको छ ।

पर्सागढी नगरपालिकामा ४१ लाख ५१ हजार खर्च, पास मै अभिलेख छैन्

पर्सागढी नगरपालिकाले पदाधिकारी तथा कार्यालय प्रयोजनमा ४१ लाख ५१ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

नगरपालिकामा विभिन्न सरकारी तथा भाडाका सवारीसाधनसहित २५ वटा मोटरसाइकल रहेको भए पनि इन्धन खर्च गर्दा पासमा आवश्यक अभिलेख नराखिएको महालेखाले जनाएको छ । त्यस्तै, सवारीसाधनका लागि मासिक रूपमा इन्धन वितरण गर्दा स्पष्ट मापदण्डसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख रहेको छ।

छिपहरमाईमा ४० लाख खर्च, बिल–कुपन–लगबुक नै पेश भएन

छिपहरमाई गाउँपालिकाले पदाधिकारी इन्धनमा १० लाख रुपैयाँ र कार्यालय प्रयोजनमा ३० लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ इन्धनमा खर्च गरेको देखिन्छ । तर लेखापरीक्षणका क्रममा इन्धनका बिल, कुपन र लगबुक माग गर्दा पेश नगरिएको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले कर्मचारी तथा विभिन्न सवारीसाधनका लागि इन्धन सुविधा उपलब्ध गराउँदै आए पनि त्यसको वास्तविक उपयोग र खपत प्रमाणित गर्ने अभिलेख स्पष्ट नरहेको जनाएको छ ।

बिन्दबासिनी गाउँपालिकामा २८ लाख ७२ हजार खर्च, बिल समेत छैन व्यवस्थित

बिन्दबासिनी गाउँपालिकाले कार्यालय प्रयोजनका लागि २८ लाख ७२ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ । तर सवारीसाधनअनुसारको इन्धन खपतको लगबुक तथा बिल व्यवस्थित रूपमा नराखिएको पाइएको छ ।

कुन सवारीसाधनमा कति इन्धन खपत भयो भन्ने विवरणसमेत लेखापरीक्षणका क्रममा पेश नगरिएको महालेखाले जनाएको छ । महालेखाले सवारीसाधनगत लगबुक राख्न, इन्धनको आदेशपत्र र आपूर्तिकर्ताको बिल भिडान गर्न तथा इन्धन खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिएको छ ।

धोबीनी गाउँपालिकामा कुपन र लगबुक भए पनि विस्तृत विवरण छैन

धोबीनी गाउँपालिकाले कार्यालय प्रयोजनमा २० लाख रुपैयाँ इन्धन खर्च गरेको छ ।

गाउँपालिकाले इन्धनको कुपन र लगबुक राखेको भए पनि सवारीसाधनको संख्या, प्रयोग अवधि र वार्षिक इन्धन खपत खुल्ने गरी व्यक्तिगत अभिलेख नराखिएको महालेखाले जनाएको छ।

महालेखाले कुपन र लगबुक मात्र राखेर नपुग्ने भन्दै सवारीसाधनअनुसार इन्धन उपयोगको विस्तृत अभिलेख राख्न सुझाव दिएको छ ।

कानुनको धज्जी : दोहोरो सुविधा र एकमुष्ट बिलिङको खेल

मधेश प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनले यातायात सुविधावापत नगद बुझ्ने पदाधिकारीले थप इन्धन वा सवारीसाधन सुविधा नपाउने स्पष्ट व्यवस्था गरेको छ । तर, पर्साका स्थानीय तहहरूले कानुनको खिल्ली उडाउँदै नगद सुविधा लिइरहेका पदाधिकारीलाई समेत इन्धन कुपन बाँडेको पाइएको छ ।

पकाहामैनपुरमा मात्रै कानुनले तोकेको सीमाभन्दा १६ लाख २ हजार रुपैयाँ बढी इन्धन बाँडिएको भेटिएको छ । अनियमितताको अर्को पाटो इन्धन आपूर्तिकर्ता पेट्रोल पम्पहरूसँगको मिलोमतोमा रहेको जनाएको छ । नेपाल आयल निगमले समय–समयमा इन्धनको मूल्य घटबढ गरिरहन्छ । सरकारी नियम अनुसार इन्धन खरिद गर्दा सोही दिन वा तत्कालीन अवधिको दररेट अनुसार बिलिङ हुनुपर्छ । तर पकाहामैनपुर गाउँपालिका, बिन्दबासिनी गाउँपालिका लगायतका पालिकामा आपूर्तिकर्ताले महिनौँ पछिको लामो अवधिको एकमुष्ट बिल जारी गरेको र पालिका अध्यक्ष, प्रशासकिय अधिकृत तथा लेखा शाखाको मिलोमतोमा आँखा चिम्लेर भुक्तानी दिएको पाइएको छ ।

यसरी एकमुष्ट बिल बनाउँदा मूल्य घटेको समयको समेत उच्च दररेटमा भुक्तानी भएर ठूलो रकम अपचलन भएको आशंका महालेखा परिक्षकले गरेको छ ।

महालेखाको तर्क : कागजमा इन्धन, सडकमा शून्य विकास

छिपहरमाई गाउँपालिकाले पदाधिकारीहरूको इन्धन खर्चमा १० लाख र कार्यालय प्रयोजनका लागी ३० लाख खर्च देखाइए पनि लेखापरीक्षणका क्रममा न बिल, न कुपन, न त लगबुक नै पेश गरिएको मलेपाले जनाएको छ । 

सार्वजनिक खर्चको आधारभूत सिद्धान्त भनेको  ‘मितव्ययिता, कार्यदक्षता तथा औचित्य’ पुष्टी गर्नु हो । तर कुनै पनि सरकारी सवारी साधन सञ्चालन हुँदा सुरूको किलोमिटर, यात्रा गरिएको गन्तव्य, कामको प्रयोजन, अन्तिम किलोमिटर र खपत भएको लिटर अनिवार्य रूपमा लगबुकमा दर्ता हुनुपर्छ । तर पर्साका पालिकाहरूमा न हेभी मेसिन (जेसीबी, ट्र्याक्टर) को कार्यघण्टा नाप्ने प्रणाली छ, न त सवारीसाधनको मासिक कोटा निर्धारण गरिएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनले उठाएको मूल प्रश्न भनेको इन्धन खरिद भएको कागजी प्रमाण त छ, तर त्यो इन्धन वास्तविक सरकारी प्रयोजनमा जल्यो कि मिलेमतोमा रकम झिकेर भागबन्डा गरियो त्यो भने खुलेको छैन् । लाखौँ–करोडौँको इन्धन खर्चको यकिन आधार नदेखिनुले पर्साका पालिकाहरूमा योजनाबद्ध आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार मौलाएको संकेत गर्दछ । 

यस विषयमा सम्बन्धित निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारले गम्भीर छानबिन नगरे स्थानीय तहको बजेट यसैगरी इन्धनको धुवाँ बनेर उडिरहने देखिन्छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १४:५५
#ठोरी गाउँपालिका #स्थानीय तह #पर्सा #स्थानीय सरकार #आर्थिक पारदर्शिता #जगरनाथपुर #छिपहरमाई #सखुवा प्रसौनी #पर्सागढी #पटेर्वा सुगौली
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) बुधबार, भदौ २४, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
स्वास्थ्यकर्मी उत्पादन गर्ने थलोमै स्वास्थ्यकाे संकट : वीरगंज नर्सिङ क्याम्पस परिसर मै फोहोरको दलदल, विद्यार्थी र होस्टेल दुर्गन्धको चपेटामा (भिडियाे रिपाेर्ट)
स्वास्थ्यकर्मी उत्पादन गर्ने थलोमै स्वास्थ्यकाे संकट : वीरगंज नर्सिङ क्याम्पस परिसर मै फोहोरको दलदल, विद्यार्थी र होस्टेल दुर्गन्धको चपेटामा (भिडियाे रिपाेर्ट) मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या !
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या ! संजय यादव
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट संजय यादव
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP