पर्साको वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट ब्राउनसुगरजस्तो देखिने अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई ४२ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका–२ निवासी २४ वर्षीय अमित दर्जीसहित दुई जना रहेका छन् ।
प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।