नेपाल प्रिमियर लिग ९एनपीएल० को टोली काठमान्डु गोर्खाजले अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेललाई अनुबन्ध गरेको छ ।
काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत पटेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । अमेरिकी राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आएका पटेल टप अर्डरका ब्याटर हुन्। उनले भारतबाट खेल्दा सन् २०१२ मा यू–१९ विश्वकपको उपाधिसमेत जितेका थिए ।
पटेलले त्रिवि क्रिकेट मैदानमा पनि खेलिसकेका छन्। उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेल खेल्दै ३५ रन बनाएका छन्। त्यस्तै, समग्र टी–२० क्रिकेटमा ४४ खेल खेल्दै ९१३ रन बनाएका छन् ।
काठमान्डु गोर्खाजले यसअघि अस्ट्रेलियाका डेभिड वार्नर र विल बोसिस्टो, यूएईका केएस भरत तथा श्रीलंकाका सहान अराचिगेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।