शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • सडक विस्तारसँगै सवारी चाप उच्च
सडक विस्तारसँगै सवारी चाप उच्च
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ २३, २०८३
A1 Beakery Add A1 Beakery Add

पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सडक दुर्घटनाको ग्राफ लगातार उकालो लागेको छ । दुर्घटनाको सङ्ख्या मात्र होइन, त्यसले निम्त्याएको मानवीय क्षति पनि उत्तिकै गम्भीर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रदीप थापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ७८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५७ जनाले ज्यान गुमाएका छन् भने ६५ जना गम्भीर र ४७ जना सामान्य घाइते भएका छन् ।

त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा ६२ दुर्घटनामा ६२ जनाको मृत्यु भएको थियो । ७६ जना गम्भीर र ४३ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ३९ दुर्घटनामा २२ जनाको मृत्यु, ५० जना गम्भीर र ५१ जना सामान्य घाइते भएका थिए ।

तथ्याङ्कले देखाउँछ कि दुई वर्षको अवधिमा दुर्घटनाको सङ्ख्या ३९ बाट बढेर ७८ पुगेको छ । अर्थात् दुर्घटना शतप्रतिशतले बढेको छ । यद्यपि गत आर्थिक वर्षमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही घटेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तीन आर्थिक वर्षमा जिल्लाभर एक सय ७९ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा एक सय ४१ जनाको मृत्यु, एक सय ९१ जना गम्भीर र एक सय ४१ जना सामान्य घाइते भएका छन् ।

किन बढ्दै छन् दुर्घटना ?

प्रहरीका अनुसार अधिकांश दुर्घटना पृथ्वीराजमार्ग र जिल्लाका भित्री सडकखण्डमा भएका हुन् । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पृथ्वीराजमार्गको तनहुँ खण्ड चार लेनमा विस्तार भएको छ । सडक राम्रो बनेसँगै तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको प्रहरीको निष्कर्ष छ । यससँगै चालकको लापर्वाही पनि दुर्घटनाको अर्को प्रमुख कारण बनेको छ । तीव्र गति, जोखिमपूर्ण ओभरटेक, थकित अवस्थामा लामो दूरीको सवारी सञ्चालन, ट्राफिक नियमको बेवास्ता र मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिले दुर्घटना बढाएको प्रहरीको विश्लेषण छ ।

भित्री सडकखण्डमा भने साँघुरा सडक, अपर्याप्त सुरक्षा संरचना, सडक छेउमा रेलिङको अभाव तथा रातिको समयमा कमजोर दृश्यताले दुर्घटनाको जोखिम बढाउने गरेको देखिन्छ ।

गत आर्थिक वर्षको तथ्याङ्कले दुर्घटनाबाट सबैभन्दा बढी पुरुष प्रभावित भएको देखाउँछ । मृत्यु हुने ५७ जनामध्ये ४२ जना पुरुष छन् । गम्भीर घाइते र सामान्य घाइतेमा पनि पुरुषको सङ्ख्या महिलाभन्दा बढी छ ।

सडक विस्तारसँगै बढेको सवारी चाप

तनहुँ हुँदै गुड्ने सवारीसाधनको सङ्ख्या बर्सेनि बढिरहेको छ । निजी सवारीसाधन, मालवाहक ट्रक, यात्रुवाहक बस तथा मोटरसाइकलको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ । सडक पूर्वाधारको सुधारसँगै चालकको जिम्मेवारी, ट्राफिक अनुशासन र सडक सुरक्षाको चेतना समान रूपमा विकास हुन नसक्दा दुर्घटना न्यूनीकरणमा अपेक्षित सफलता मिल्न सकेको छैन ।

प्रहरी निरीक्षक थापाका अनुसार ट्राफिक प्रहरीले नियमित सवारी जाँच, गति नियन्त्रण, मादक पदार्थ सेवन परीक्षण, चालक सचेतना अभियान तथा विद्यालयस्तरमा ट्राफिक शिक्षा सञ्चालन गर्दै आएको छ । तर दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उनको भनाइ छ ।

सडक निर्माण गर्ने निकाय, स्थानीय तह, सार्वजनिक यातायात व्यवसायी, चालक, यात्रु र सर्वसाधारण सबैले सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता देखिएको उनले बताए । रासस


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १०:४०
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता शुक्रबार, कात्तिक ६, २०८३
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै शुक्रबार, कात्तिक ६, २०८३
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते बिहीबार, कात्तिक ५, २०८३
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ सोमबार, कात्तिक २, २०८३
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ शुक्रबार, असोज ३०, २०८३
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या !
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता : बजार केन्द्रित ध्यानले समस्या ! संजय यादव
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट संजय यादव
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP