बाराको कलैयाबाट बघवन जाने सडकखण्डअन्तर्गत श्री अहमद आयल स्टोर नजिकै सञ्चालित एक मदिरा पसलमा प्रहरीले छापा मारेर पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
मदिरा पसलको आवरणमा अवैध यौन क्रियाकलाप (देह व्यापार) भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही गरेको जनाएको छ । प्रहरीका अनुसार मदिरा पसलको सटर बन्द गरी भित्र शंकास्पद गतिविधि भइरहेको अवस्थामा छापा मारिएको थियो। सो क्रममा पसल सञ्चालिकासहित तीन महिला र दुई पुरुष गरी पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरी कानुनी प्रक्रियाअनुसार राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
भिडियाे रिपाेर्ट