शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक ६, २०८३
A1 Beakery Add A1 Beakery Add

कर्णाली याक्स नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो सिजनका लागि कोर टिमलाई निरन्तरता दिँदै नयाँ खेलाडीका साथ मैदानमा उत्रिने तयारीमा छ।

नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडी सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले यसपटक बंगलादेश र पाकिस्तानका खेलाडीलाई अनुबन्ध गर्दै टोलीलाई थप बलियो बनाउने प्रयास गरेको छ।

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने कर्णाली याक्स एनपीएलका चर्चित टोलीमध्ये एक हो। यसअघि दुई सिजनमा फरक–फरक प्रदर्शन गरेको टोलीले पहिलो सिजन लिगमा चौथो स्थान हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो। तर, दोस्रो सिजन छैटौँ स्थानमा सीमित हुँदा प्लेअफमा पुग्न सकेन । पहिलो सिजन भारतीय स्टार शिखर धवनलाई अनुबन्ध गरेर चर्चामा आएको कर्णालीले दोस्रो सिजन स्कटल्यान्डका मार्क वाटको प्रदर्शनबाट थप चर्चा बटुलेको थियो। वाटले उक्त सिजन सबैभन्दा छिटो शतक प्रहार गर्दै टोलीको आकर्षण बढाएका थिए।

कप्तान सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव र अन्य प्रतिभावान् नेपाली खेलाडी रहेको कर्णालीले यसपटक पनि अनुभवी तथा युवा खेलाडीको संयोजनमा टोली निर्माण गरेको छ। अघिल्ला दुई सिजन मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्र मल्ल यसपटक क्रिकेट निर्देशकको भूमिकामा छन्। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।
कोर टिमलाई निरन्तरता
कर्णाली याक्सले तेस्रो सिजनका लागि अघिल्ला सिजनमा टोलीबाट खेलिसकेका खेलाडीलाई निरन्तरता दिएको छ। कप्तान सोमपाल कामी, गुल्शन झा, नन्दन यादव र युनिश विक्रम ठकुरीलगायत खेलाडी टोलीमा कायम छन्।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पहिलो सिजन ट्यालेन्ट हन्टमार्फत आइकोनिक खेलाडीका रूपमा टोलीमा आएका विपिन शर्मा दोस्रो सिजन पनि कर्णालीमै रहेका थिए। तेस्रो सिजनका लागि उनलाई सुरुमा रिलिज गरिए पनि अक्सनमार्फत पुनः टोलीमा अनुबन्ध गरिएको छ।

त्यसैगरी, दोस्रो सिजन अक्सनबाट भित्रिएका पवन सर्राफ, दीपक डुम्रे र युवराज खत्रीलाई कर्णालीले रिटेन गरेको छ। दोस्रो सिजन टोलीमा रहेका दीपेन्द्र रावतलाई भने यसपटक अक्सनमार्फत पुनः अनुबन्ध गरिएको छ।

टोलीले अक्सनबाट ब्याटर शुभ कंशाकार, स्पिनर सूर्य तामाङ तथा स्थानीय खेलाडी दिवान पुन र सचिन शर्मालाई पनि समेटेको छ। बेलायतमा क्रिकेट प्रशिक्षण लिएका सचिन शर्माको आगमनले टोलीमा थप विकल्प उपलब्ध गराएको छ।

यसरी कर्णालीले पुराना खेलाडीको अनुभव र नयाँ खेलाडीको सम्भावनालाई समेट्दै तेस्रो सिजनका लागि टोली तयार पारेको छ।
बंगलादेश र पाकिस्तानका खेलाडीमा भरोसा
कर्णाली याक्सले यसपटक विदेशी खेलाडी छनोटमा पनि विशेष ध्यान दिएको छ। विगतका सिजनमा शिखर धवन र अस्ट्रेलियाका यू–१९ टोलीका पूर्वकप्तान विल बोसिस्टोजस्ता खेलाडीलाई अनुबन्ध गरेको कर्णालीले तेस्रो सिजनका लागि बंगलादेश र पाकिस्तानका खेलाडीलाई टोलीमा समेटेको छ।

टोलीमा बंगलादेशका विकेटकिपर ब्याटर अकबर अली र युवा ब्याटर अरिफुल इस्लाम अनुबन्ध भएका छन्। अकबर अलीले सन् २०२० मा बंगलादेशको यू–१९ टोलीको कप्तानी गर्दै आईसीसी यू–१९ विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अकबर र अरिफुल दुवैले उमेर समूह तथा बंगलादेश ए टोलीबाट खेलिसकेका छन्।

त्यसैगरी, पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलत पनि कर्णालीको टोलीमा समेटिएका छन्। यी खेलाडीको आगमनले ब्याटिङ र अलराउन्ड प्रदर्शनमा टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

स्कटल्यान्डका मार्क वाटलाई निरन्तरता दिएको कर्णालीले विदेशी खेलाडीको संयोजनमार्फत ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलन कायम गर्ने रणनीति लिएको देखिन्छ।
ब्याटिङ र बलिङमा सन्तुलन बनाउने लक्ष्य
कर्णाली याक्सले यसपटक ब्याटिङदेखि बलिङसम्म विभिन्न विकल्प उपलब्ध हुने गरी खेलाडी छनोट गरेको छ। अकबर अलीले विकेटकिपिङसँगै ब्याटिङको जिम्मेवारी सम्हाल्न सक्नेछन् भने मार्क वाटले स्पिन बलिङमा योगदान दिने अपेक्षा गरिएको छ।

स्पिन बलिङमा वाटलाई नेपाली खेलाडी सूर्य तामाङ, विपिन शर्मा, युनिश विक्रम ठकुरी, दीपेन्द्र रावत र पवन सर्राफले साथ दिन सक्नेछन्। त्यस्तै, तीव्र गतिका बलरमा कप्तान सोमपाल कामी, नन्दन यादव र गुल्शन झा प्रमुख विकल्पका रूपमा रहनेछन् ।

ब्याटिङतर्फ विदेशी खेलाडीका साथै शुभ कंशाकारलगायत नेपाली खेलाडीबाट पनि टोलीले अपेक्षा राखेको छ। अनुभवी राष्ट्रिय खेलाडी, युवा प्रतिभा र विदेशी खेलाडीको संयोजनले तेस्रो सिजनमा कर्णालीको प्रदर्शन सुधार हुने विश्वास गरिएको छ ।

पहिलो सिजन प्लेअफसम्म पुगेको तर दोस्रो सिजनमा पछाडि परेको कर्णालीका लागि यसपटक पुनः बलियो पुनरागमन गर्ने चुनौती हुनेछ। कोर टिमलाई निरन्तरता दिँदै विदेशी खेलाडी थपेको कर्णालीले एनपीएलको तेस्रो सिजनमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो बढेको छ।
कर्णाली याक्सको टोली
रिटेन गरिएका खेलाडीस् सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, पवन सर्राफ, दीपक डुम्रे, युनिश विक्रम ठकुरी र युवराज खत्री ।

अक्सनमार्फत अनुबन्धित खेलाडीस् विपिन शर्मा, दीपेन्द्र रावत, शुभ कंशाकार, सूर्य तामाङ, दिवान पुन र चिरन शर्मा ।

विदेशी खेलाडीस् मार्क वाट, अकबर अली, अरिफुल इस्लाम, साहिबजादा फरहान र हुसेन तलत।

क्रिकेट निर्देशकस् ज्ञानेन्द्र मल्ल

कन्सल्ट्यान्ट प्रशिक्षकस् राजु बस्न्यात


प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ११:४५
#ज्ञानेन्द्र मल्ल #नेपाली क्रिकेट #नेपाल प्रिमियर लिग #एनपीएल #क्रिकेट समाचार #नन्दन यादव #सोमपाल कामी #विपिन शर्मा #कर्णाली याक्स #गुल्शन झा #मार्क वाट #अकबर अली #अरिफुल इस्लाम #साहिबजादा फरहान #हुसेन तलत #एनपीएल तेस्रो सिजन #कर्णाली क्रिकेट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप खेलकुद
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म शुक्रबार, कात्तिक ६, २०८३
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ?
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ? बिहीबार, कात्तिक ५, २०८३
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म, व्यस्त बन्दै त्रिवि मैदान
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म, व्यस्त बन्दै त्रिवि मैदान बिहीबार, कात्तिक ५, २०८३
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने मंगलबार, कात्तिक ३, २०८३
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? आइतबार, कात्तिक १, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स वीरगंज सिटी
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP