शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत बोहरामाथिको दुर्व्यवहार घटना सामसुम पार्ने प्रयास, उजुरी फिर्ता लिन दबाब दिएको आरोप
प्रमुख प्रशासकीय अधिकृत बोहरामाथिको दुर्व्यवहार घटना सामसुम पार्ने प्रयास, उजुरी फिर्ता लिन दबाब दिएको आरोप
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक २५, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि भएको भनिएको दुर्व्यवहार तथा आक्रमण प्रयासको घटनालाई मिलापत्रमार्फत सामसुम पार्ने प्रयास भइरहेको आरोप लागेको छ । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका बोहरालाई नै ठेकेदारसँग सहमति गरेर निवेदन फिर्ता लिन दबाब दिइएको महानगरका कर्मचारीहरूले दाबी गरेका छन् ।

मेयर राजेशमान सिंहनिकट मानिने ठेकेदार निराजन अधिकारीसहित चार जनाको समूह मध्यरातमा प्रमुख प्रशासकीय अधिकृत बोहराको निवासमै पुगेको थियो । उक्त समूहले बोहरासहित महानगरका अन्य कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै आक्रमणको प्रयास गरेको आरोप छ ।

महानगरपालिकामा भुक्तानीका लागि पेस गरिएका केही बिल तथा फाइलमा कानुनी प्रक्रिया पूरा नभएको र अस्वाभाविक मूल्य उल्लेख गरिएको भन्दै भुक्तानी प्रक्रिया अघि बढाउन बोहराले अस्वीकार गरेपछि उनीमाथि दबाब र दुर्व्यवहार भएको बताइएको छ ।

घटनापछि आफ्नो सुरक्षामाथि जोखिम देखेका बोहरा गत बिहीबार राति वीरगंज छाडेर काठमाडौं फर्किएका थिए । त्यसपछि उनले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई सम्बोधन गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न मागसहित उजुरी दिएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बोहराले उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरलाई समेत दिएका थिए ।

तर, उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाउनुभन्दा पनि दुवै पक्षबीच सहमति गराएर घटनालाई टुंग्याउने प्रयास भइरहेको महानगरका कर्मचारीहरूको दाबी छ । महानगर स्रोतका अनुसार मंगलबार काठमाडौंमा रहेका बोहरालाई वीरगञ्ज बोलाइएको थियो। प्रमुख जिल्ला अधिकारीको रोहवरमा दुवै पक्षबीच सहमति गराउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।

महानगरका एक कर्मचारीका अनुसार घटनामा मेयर राजेशमान सिंहसँग निकट सम्बन्ध रहेका ठेकेदार जोडिएकाले यसलाई सामान्य विवादका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ। सङ्घीय सरकारको प्रतिनिधिका रूपमा महानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नै आफ्नै निवासमा असुरक्षित भएको भन्दै कारबाही माग्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको ती कर्मचारीको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी भन्छन्– सामान्य घटनालाई अतिरञ्जित गरियो

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने घटनालाई सामान्य रूपमा प्रस्तुत गरेका छन्। एउटै कार्यालयभित्र भएको सामान्य घटनालाई सञ्चारमाध्यमले अतिरञ्जित गरेको उनको टिप्पणी छ ।

“यो सामान्य विषय हो, यसलाई अतिरञ्जित गर्न आवश्यक छैन,” दाहालले भने ।

काठमाडौंमा रहेका बोहरालाई बोलाएर मंगलबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको भन्ने सूचनाबारे प्रश्न गर्दा दाहालले आफूले बोहरालाई नबोलाएको दाबी गरे। बोहराको कार्यक्षेत्र नै वीरगंज भएकाले उनलाई बोलाउनुपर्ने कुनै कारण नभएको भन्दै उनले आफूले सहजीकरण गरेको भन्ने कुरा पनि सत्य नभएको बताए ।

यता महानगरका केही कर्मचारीले भने सामान्य नागरिकविरुद्ध उजुरी पर्दासमेत अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने प्रहरी प्रशासनले यस प्रकरणमा मिलापत्रको बाटो खोज्नुले प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको बताएका छन् ।

कर्मचारीहरूका अनुसार निराजन अधिकारीसँग सम्बन्धित खरिद तथा भुक्तानीका फाइलमाथि अनुसन्धान अघि बढेमा महानगरको नेतृत्वसमेत अप्ठ्यारोमा पर्न सक्ने भएकाले घटनालाई सहमतिमा टुंग्याउने प्रयास भएको हुन सक्ने आशङ्का छ ।

मेयरले पनि माफी दिन आग्रह गरेको कर्मचारीको दाबी

महानगर स्रोतका अनुसार मेयर राजेशमान सिंहले समेत प्रमुख प्रशासकीय अधिकृत बोहरालाई फोन गरेर ‘केटाहरूबाट गल्ती भएको’ भन्दै घटनालाई सामान्य रूपमा लिएर उनीहरूलाई माफी दिन आग्रह गरेका थिए । यद्यपि, यस विषयमा मेयर सिंहको आधिकारिक धारणा प्राप्त हुन सकेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत बोहरासँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल फोन स्विच अफ रहेकाले सम्पर्क हुन सकेन ।

भुक्तानीका फाइल रोकिएपछि दबाब सिर्जना गरिएको आरोप

महानगरका कर्मचारीहरूले घटनालाई सामान्य विवाद भन्दै मिलापत्र गराउने प्रयासले कर्मचारीको मनोबल कमजोर बनाउने चिन्ता व्यक्त गरेका छन् । कार्यालयको प्रशासनिक काममा कानुनसम्मत निर्णय गर्ने अधिकारीमाथि दबाब, धम्की र दुर्व्यवहार हुने तर त्यसलाई प्रशासनिक सहमतिका नाममा टुंग्याउने प्रवृत्तिले महानगरमा गलत नजिर स्थापित हुन सक्ने उनीहरूको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीमाथि भएको भनिएको दुर्व्यवहारलाई ओझेलमा पार्न केही सञ्चारमाध्यमसमेत प्रयोग गर्न खोजिएको कर्मचारीहरूको गुनासो छ ।

महानगरका एक अधिकृतका अनुसार कानुनी प्रक्रिया पूरा नगरेका योजना, खरिद प्रक्रिया नपुगेका फाइल तथा बजार मूल्यभन्दा अस्वाभाविक रूपमा बढी दर राखेर भुक्तानीका लागि पेस गरिएका बिल रोकिएपछि बोहराविरुद्ध केही सञ्चारमाध्यममा योजनाबद्ध समाचार प्रकाशित हुन थालेका छन् ।

कर्मचारीहरूका अनुसार बोहराले महानगरमा ८० करोड रुपैयाँभन्दा बढी दायित्व रहेको र त्यसका कारण समयमा कर्मचारीलाई तलबसमेत दिन कठिन हुने अवस्था आउन नदिन आर्थिक अनुशासन कायम गर्ने प्रयास गरेका थिए । महानगरलाई थप आर्थिक भारबाट जोगाउन खोज्दा केही जनप्रतिनिधि र स्वार्थ समूहबाट दबाब सिर्जना भएको उनीहरूको बुझाइ छ ।

यस विषयमा ठेकेदार निराजन अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल फोन स्विच अफ रहेकाले सम्पर्क हुन सकेन । यसअघि रेसखबरमा प्रकाशित उनको भनाइअनुसार उनले आफूले कसैलाई हातपात नगरेको र भुक्तानीको विषयमा बुझ्न जाँदा उल्टै प्रमुख प्रशासकीय अधिकृतले गालीगलौज गरेको दाबी गरेका थिए ।

भुक्तानी प्रक्रिया कानुनअनुसार अघि बढाउनुपर्ने प्रशासनिक दायित्व निर्वाह गर्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै दबाब सिर्जना भएको र त्यसपछि भएको भनिएको दुर्व्यवहारको उजुरीसमेत मिलापत्रबाट टुंग्याउन खोजिएको प्रकरणले वीरगंज महानगरपालिकाको प्रशासनिक कार्यशैली, आर्थिक पारदर्शिता र कर्मचारी सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुका साथै दोषी देखिएकामाथि कानुनी कारबाही हुनुपर्ने माग महानगरका कर्मचारीहरूले गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  २१:४४
#वीरगंज महानगरपालिका #राजेशमान सिंह #प्रमुख प्रशासकीय अधिकृत #पर्सा प्रशासन #भोला दाहाल #ठेकेदार विवाद #भुक्तानी विवाद #कर्मचारीमाथि दुर्व्यवहार #खरिद प्रक्रिया #बसन्त बोहरा #निराजन अधिकारी #आक्रमणको प्रयास #आर्थिक अनियमितताको आरोप
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक २६, २०८३
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ बिहीबार, कात्तिक २६, २०८३
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो बिहीबार, कात्तिक २६, २०८३
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा बिहीबार, कात्तिक २६, २०८३
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा बिहीबार, कात्तिक २६, २०८३
लोटस फार्मास्युटिकल्स (विन मेडिकेयर) अल्ट्रासाउन्डको लापरबाहीले नवजात शिशुको ज्यान जोखिममा, शिशुको पेट तथा शरीरका भित्री अङ्ग बाहिर परिवार अर्थिक तथा मानसिक तनावमा (भिडियो रिपोर्ट सहित)
लोटस फार्मास्युटिकल्स (विन मेडिकेयर) अल्ट्रासाउन्डको लापरबाहीले नवजात शिशुको ज्यान जोखिममा, शिशुको पेट तथा शरीरका भित्री अङ्ग बाहिर परिवार अर्थिक तथा मानसिक तनावमा (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक २६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
भीमफेदी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते
भीमफेदी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते वीरगंज सिटी
सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ वीरगंज सिटी
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP