दीपावली तथा छठ पूजाजस्ता प्रमुख चाडपर्वहरू नजिकिँदै गर्दा वीरगंजमा चुनावी माहोल पनि तात्न थालेको छ ।
चाडपर्वको चहलपहलसँगै स्थानीयस्तरमा चुनावको चर्चा र राजनीतिक सरगर्मी तीव्र रूपमा बढेको पाइएको छ । यसै सन्दर्भमा वीरगंजका मुख्य बजार तथा सार्वजनिक स्थलहरूमा स्थानीय नागरिकहरूबीच चुनावी माहोल, जनअपेक्षा तथा उनीहरूको प्रतिक्रिया बुझ्ने क्रम सुरु भएको छ ।
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन् र चुनावी लहर कत्तिको प्रभावकारी देखिएको छ भन्ने विषयमा प्रत्यक्ष रूपमा जनमत संकलन गरिँदैछ ।
पर्वको उल्लासमय वातावरणका बीच नागरिकहरूले विकास, सुशासन र जनजीविकाका सवालहरूलाई मुख्य चुनावी एजेन्डा बनाउनुपर्ने आवाज उठाउन थालेका छन् ।