सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा निष्कासन गरिएको छ ।
विज्ञान विषयको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै शिक्षक सुनिल कुमार लामालाई कार्वाही गरेकाे हाे ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीपक कोलोनीका अनुसार, निरीक्षक लामा परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेको पाइएका थिए । उनले परीक्षामा परीक्षार्थीलाई गेसपेपर र मोबाइलको माध्यमबाट चिट चोराउन सहयोग गरेको कुरा पुष्टि भएको थियो ।
सुनिल कुमार लामा जनता आधारभूत विद्यालय, कर्जन्हा-४ भुल्केका शिक्षक हुन् ।
सिरहामा ५० वटा परीक्षा केन्द्र रहेको र यस वर्षको परीक्षामा १०,७०३ जना परीक्षार्थी सहभागी भएका छन् ।