शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • त्रिविका ६८१ क्याम्पसमा कार्यक्रम विस्तारको औचित्यमाथि प्रश्न
त्रिविका ६८१ क्याम्पसमा कार्यक्रम विस्तारको औचित्यमाथि प्रश्न
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, मंसिर ९, २०८३
A1 Beakery Add A1 Beakery Add

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ६८१ वटा क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा थप्ने प्रक्रिया अघि बढाएपछि त्यसको मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ ।

आवश्यक भौतिक पूर्वाधार, शिक्षक र पर्याप्त विद्यार्थीसमेत नभएका क्याम्पसलाई कार्यक्रम विस्तारका लागि योग्य ठहर गरिएको भन्दै विद्यार्थी प्रतिनिधि तथा प्राध्यापकहरूले आपत्ति जनाएका छन् ।

काठमाडौं उपत्यकाका आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षहरूले त्रिविका उपकुलपति भोला थापालाई भेटेर कार्यक्रम विस्तारका लागि क्याम्पस छनोट गर्दा निर्धारित मापदण्ड तथा सम्बन्धनसम्बन्धी विनियम उल्लंघन भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

विश्वविद्यालयले तोकेको योग्यता तथा आवश्यक मापदण्ड पूरा नगरेका क्याम्पसलाई समेत योग्यताको सूचीमा समावेश गरिएको उनीहरूको आरोप छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष दीपकराज जोशीले शैक्षिक तथा भौतिक पूर्वाधारको अभावमा खारेज गर्नुपर्ने अवस्थामा पुगेका क्याम्पसलाई समेत नयाँ विषय, कार्यक्रम, सेक्सन र विद्यार्थी कोटा थप गर्ने सूचीमा राखिएको बताए । एउटै परिसर र भवनमा दुई फरक विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई पनि कार्यक्रम विस्तारका लागि योग्य ठहर गरिएको उनको दाबी छ ।

त्रिविका प्राध्यापक तथा अन्य सरोकारवालाले पनि विश्वविद्यालयले तयार पारेको सूचीमाथि प्रश्न उठाएका छन् । आफ्नै अध्यापक, भवन, भौतिक पूर्वाधार र पर्याप्त विद्यार्थीसमेत नभएका क्याम्पसलाई थप कार्यक्रम सञ्चालनका लागि योग्य ठहर गर्नु उपयुक्त नभएको उनीहरूको भनाइ छ ।

पाटन क्याम्पसका स्ववियु अध्यक्ष रोहित कपालीले सम्बन्धनसम्बन्धी विनियम उल्लंघन गर्ने क्याम्पसलाई कारबाही गर्नुको सट्टा थप शैक्षिक कार्यक्रम सञ्चालनका लागि योग्य ठहर गरिनु विश्वविद्यालयको नियमनकारी भूमिकामाथिकै प्रश्न भएको बताए । उनका अनुसार विनियम उल्लंघन गर्ने क्याम्पसलाई सम्बन्धन खारेजीसम्मको कारबाही हुनुपर्छ ।

स्ववियु अध्यक्षहरूले मापदण्ड तथा विनियमविपरीत योग्य ठहर गरिएका क्याम्पसको निर्णय पुनरावलोकन गर्न, कार्यक्रम विस्तारको प्रक्रिया तत्काल रोक्न तथा निष्पक्ष र पारदर्शी अनुगमन प्रणाली लागू गर्न माग गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

विद्यार्थी प्रतिनिधिहरूले प्रश्न उठाएपछि त्रिवि योजना निर्देशनालयले सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजहरूलाई स्वघोषणापत्र पेस गर्न निर्देशन दिएको छ। एउटै परिसरमा त्रिविबाहेक अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणापत्र बुझाउन निर्देशन दिइएको हो।

विश्वविद्यालय कार्यकारी परिषद्को २१ कात्तिक २०८३ को निर्णयअनुसार कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा थपका लागि न्यूनतम मापदण्ड पूरा गरी सूचीकृत भएका क्याम्पस तथा कलेजले यस्तो स्वघोषणापत्र बुझाउनुपर्नेछ । त्यसका लागि १५ मंसिरसम्मको समयसीमा तोकिएको छ । स्वघोषणापत्रमा उल्लेखित विवरण गलत वा झुटा ठहरिए कारबाही भोग्न मञ्जुर रहेको प्रतिबद्धतासमेत जनाउनुपर्नेछ ।

त्रिविले अघि बढाएको कार्यक्रम विस्तार प्रक्रियामा व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहका २७५ क्याम्पस समेटिएका छन्। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातक तहका १०४ र स्नातकोत्तर तहका ४० क्याम्पस सूचीकृत छन्।

त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तहका १२८, शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहका ४८, एमफिल तहका १४ र स्नातक तहका ७२ क्याम्पसलाई कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा थपको प्रक्रियामा समावेश गरिएको छ ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने कार्यक्रम विस्तारका लागि क्याम्पसहरूको प्रारम्भिक सूची मात्रै सार्वजनिक गरिएको बताएका छन् । आन्तरिक अनुगमनका आधारमा सम्बन्धनका लागि योग्य देखिएका क्याम्पसको सूची तयार पारिएको उनको भनाइ छ ।

उनका अनुसार सूचीमा समावेश भएका क्याम्पसबारे कुनै गुनासो वा दाबीविरोध भए उजुरी गर्न सकिनेछ । प्राप्त उजुरीमाथि छानबिन तथा सुनुवाइ गरेपछि मात्रै सूचीलाई अन्तिम रूप दिइनेछ ।

सम्बन्धित डिन कार्यालयहरूले कार्यक्रम विस्तारका लागि क्याम्पसहरूको नाम सिफारिस गरेका थिए ।  त्यसपछि योजना निर्देशनालयले कार्यकारी परिषद्को निर्णयअनुसार नयाँ शैक्षिक कार्यक्रम विस्तारको प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १०:४२
#त्रिभुवन विश्वविद्यालय #शिक्षा क्षेत्र #विद्यार्थी आन्दोलन #त्रिवि #दीपकराज जोशी #स्ववियु #उच्च शिक्षा #भोला थापा #क्याम्पस सम्बन्धन #६८१ क्याम्पस #शैक्षिक कार्यक्रम विस्तार #विश्वविद्यालय शिक्षा #नविन्द्र भण्डारी #रोहित कपाली #शैक्षिक मापदण्ड
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप शिक्षा
सरकारी विद्यालयबाट अध्ययन सुरु गरेकी रिना चौधरी आफ्नै क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त
सरकारी विद्यालयबाट अध्ययन सुरु गरेकी रिना चौधरी आफ्नै क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त सोमबार, मंसिर ७, २०८३
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त सोमबार, मंसिर ७, २०८३
रसुवाका बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने
रसुवाका बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने आइतबार, मंसिर ६, २०८३
विदेशमा हासिल गरेको डिग्रीको समकक्षता अनलाइनबाटै लिन सकिने
विदेशमा हासिल गरेको डिग्रीको समकक्षता अनलाइनबाटै लिन सकिने बिहीबार, मंसिर ३, २०८३
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने मंगलबार, मंसिर १, २०८३
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी शुक्रबार, कात्तिक २७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट वीरगंज सिटी
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित)
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP