पर्सा जिल्लाको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विभिन्न योजना, खरिद प्रक्रिया तथा कर्मचारी नियुक्तिमा अनियमितता र अवैध क्रियाकलापको आशंकामा छापा मारिएको आयोगले जानकारी दिएको छ ।
अख्तियारका अनुसार पोखरिया नगरपालिकाले अनाधिकृत रूपमा भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन तथा योजनाको कार्यान्वयनमा कानुनविपरीत कार्य गरेको भन्ने उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ठूलाे मात्रामा अनियमितताको सम्भावना देखिएको थियो ।
सोही अनुसन्धानको सिलसिलामा आयोगको विशेष टोलीले नगरपालिकाका विभिन्न शाखा—जसमा लेखा, योजना, प्रशासन शाखा एकैसाथ छापा मारेको एक अधिकृतले वीरगंज सिटिलाई बताए ।
श्रोतका अनुसार अख्तियारको टोलीले सम्बन्धित कागजातहरू संकलन गर्दै प्राविधिक उपकरण तथा डिजिटल डेटा समेत जफत गरिरहेको छ । छानबिनका क्रममा करारमा नियुक्त कर्मचारीहरूको प्रक्रिया, योजनाको मूल्यांकन र कामको प्रगति विवरण, भुक्तानी सम्बन्धी अभिलेख तथा बजेट विनियोजनसँग सम्बन्धित दस्तावेजहरू चेकजाँच गरिरहेकाे जनाएको छ ।
साथै, अख्तियारले यसअघि पोखरियाकै निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई बहुदरमाई नगरपालिकासँग जोडिएको घुस प्रकरणमा पक्राउ गरिसकेको छ ।
स्थानीय बासिन्दाहरूले नगरपालिकामा लामो समयदेखि भ्रष्टाचारको गुनासो गर्दै आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान अन्तर्गत कुनै पनि तहको सरकारी निकायमा भएको अवैध कार्यमाथि कडाइका साथ अनुसन्धान गर्ने जनाएको छ ।
सम्बन्धीत समाचार
पोखरिया नगरपालिकामा प्रशासकिय अधिकृतकाे पुन सरूवा, अवैध भुक्तानी गर्न नमान्दा टिक्न दिदैनन् मेयर
समाचार लेखेको विरुद्धमा पत्रकारका बाबुमाथि आक्रमण, प्रशासकीय अधिकृत अजय श्रीवास्तव सहित दुईजना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
फेसबुक स्टाटस र समाचार देखि अदालतसम्म : पत्रकार र अधिकृतबीचको कानुनी द्वन्द्व, दुवैकाे आ–आफ्नै दाबी
बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा
अख्तियारद्वारा पाेखरिया नगरपालिकाका जिन्सी तथा प्रशासन प्रमुख संदिप साह पक्राउ
भिडियाे सामाग्री