बिरगंज । त्रिभुवन विश्वविद्यालयभन्दा जेठो शैक्षिक संस्था ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, पर्साद्वारा “शिक्षामा सुधार सहितको शैक्षिक बहस” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नेबि संघ पर्साको उप-सभापती श्री बिट्टु पटेलको सभापतित्वमा र नेपाली कांग्रेस पर्सा क्षेत्र २ का सभापती मोहम्मद सहाबुद्दिनको प्रमुख अतिथित्वमा सञ्चालन भएको थियो । कार्यक्रम सामुदायिक शैक्षिक संस्थाहरूको वर्तमान अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको महसुस गर्दै आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिले मात्र ठाकुर राम बहुमुखी क्याम्पसको अवस्थाबारे होइन, समग्र बिरगंजका सामुदायिक विद्यालयहरूको स्थिति पनि प्रकाश पारे । बिरगंज महानगरभित्रको एसईई नतिजा चिन्ताजनक भए पनि नेतृत्व स्तरमा पर्याप्त पहल नभएको उल्लेख गरिएको छ ।
२०८० सालको बिरगंजका सामुदायिक विद्यालयका विद्यार्थीमध्ये ३९% मात्र सफल भएका थिए भने २०८२ सालमा मात्र ३१% विद्यार्थी सफल भएका छन् । अतिथिहरूले शहरको शैक्षिक स्तर सुधार गर्न नगर प्रमुखसँग स्पष्ट नीति नहुनु एक चुनौती रहेको बताए ।
कार्यक्रमको सहजीकरण नेबि संघ पर्साका सचिव श्री फिरोज अन्सारीले गर्नुभयो । साथै नेबि संघबाट निर्वाचित विद्यार्थी नेतृ माला साह र दिपेश यादवलाई सम्मान प्रदान गरिएको थियो ।
उपस्थितिमा नेपाली कांग्रेस पर्साका सदस्य हरिन्द्र यादव, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने, नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्साका अध्यक्ष अशेश्वर पटेल, नेबि संघ पर्साका उपाध्यक्ष राहुल पटेल, प्रकाश रौनियार, बालकुमार यादव, सह-सचिव दिलिप साह, स्वबियु सदस्य माला साह र दिपेश यादव लगायतको उपस्थिती रहेको थियो ।
भिडियाे सामाग्री