अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँले रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सहित दुईजनालाई साढे चार लाख रुपैयाँ नगद घुस सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साह र घुस बुझ्ने वीरगंजका उनका सहयोगी अरविन्द प्रकास साह रहेका छन् ।
शनिवार (भोलि) हुने विद्यालयको मावि द्वितीय तहको रसायन विज्ञान विषयको परीक्षामा पास गराइदिने उद्देश्यले साढे चारलाख घुस माग गर्दा घुस सहित उनका सहयोगी अरविन्द प्रकाश साह र प्रधानाध्यापक संजय प्रसाद साहलाई घुस लिन अह्राउँदै गर्दा कुराकानीको क्रममा रौतहटबाट पक्राउ गरेको हो ।
वीरगंजका एकजना शिक्षकलाई रसायन विज्ञान विषयमा पास गराउनका लागि साढे चार लाख रुपैयाँ घुस माग गरेका थिए सोही रकम लिने क्रममा प्रअ संजय प्रसाद साहका सहयोगी वीरगंजका अरविन्द प्रकाश साहलाई साढे चार लाख रुपैयाँ लिने क्रममा उनलाई समेत पक्राउ गरेको हो ।
मावि द्वितीय तहको विज्ञापन खुलेकोमा वीरगंजका एकजना शिक्षक फर्म भरेका थिए । विद्यालय प्रधानाध्यापक संजय प्रसाद साहले घुस रकम माग गरी उनका नजिकका अरविन्द प्रकाश साहलाई घुस रकम बुझ्न लगाएका थिए ।
सोही घुस रकम लिने क्रममा अरविन्द प्रकाश साह वीरगंजको राधेमाई स्विटस एण्ड भोजनालयबाट र रौतहटबाट प्रधानाध्यापक संजय प्रसाद साह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल काठमाडौँले जनाएको छ ।