नेपालमा सुन र चाँदीको मूल्यमा मंगलबार एकैदिन ऐतिहासिक वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य वृद्धि भएको कारणले नेपाली बजारमा पनि सुनको मूल्यमा तीव्र वृद्धि देखिएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि ह्वात्तै बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा आएको यो वृद्धि पनि हालसम्मकै उच्च स्तरमा पुगेको महासंघको भनाइ छ ।