शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #वीरगञ्ज महानगरपालिका
  • #वीरगञ्ज समाचार
यहाँ खोज्नुहोस्
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • कालिकामाई गाउँपालिकामा बेरुजुको चाङः २४ करोड रुपैयाँ नाघ्यो, एक वर्ष मै फेरी थपियो ४ करोड ६० लाख
कालिकामाई गाउँपालिकामा बेरुजुको चाङः २४ करोड रुपैयाँ नाघ्यो, एक वर्ष मै फेरी थपियो ४ करोड ६० लाख
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, मंसिर ११, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको कालिकामाई गाउँपालिकामा बेरुजुको आकार करिब २४ करोड रुपैयाँ पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण परीक्षण गरी तयार पारेको लेखापरीक्षण प्रतिवेदनमा गाउँपालिकाको अद्यावधिक बेरुजु २४ करोड १० हजार रुपैयाँ बाँकी रहेको उल्लेख गरेको छ । सार्वजनिक स्रोतबाट सञ्चालन हुने स्थानीय सरकारको वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामाथि यसले गम्भीर प्रश्न उठाएको छ ।

महालेखापरीक्षकको कार्यालय, प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, मधेश प्रदेशले २०८३ वैशाख ३० गते तयार पारेको प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्म गाउँपालिकाको नाममा २० करोड २४ लाख १० हजार रुपैयाँ बेरुजु कायम थियो । त्यसमध्ये चालु परीक्षण अवधिमा ८५ लाख ३५ हजार रुपैयाँ फछ्र्यौट भएको देखिएको छ । तर आर्थिक वर्ष २०८१/८२ मा थप ४ करोड ६० लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएपछि कुल अद्यावधिक बेरुजु २४ करोड १० हजार रुपैयाँ पुगेको हो ।

यसले अघिल्लो वर्षदेखि थुप्रिँदै आएको बेरुजु घटाउन गाउँपालिकाले गरेको प्रयास पर्याप्त नभएको र नयाँ आर्थिक वर्षमा समेत वित्तीय अनुशासन कायम गर्न नसकेको अवस्था देखाउँछ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

एक वर्षमै थपियो ४ करोड ६० लाख ५४ हजार बेरुजु

महालेखापरीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा गाउँ कार्यपालिकाको आय तथा व्ययतर्फ ८१ करोड ५७ लाख ७७ हजार रुपैयाँको कारोबार लेखापरीक्षण गरिएको थियो । उक्त परीक्षणका क्रममा ४ करोड ६० लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रतिवेदनमा उक्त बेरुजुलाई विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ । जसअनुसार १ करोड २८ लाख १८ हजार रुपैयाँ असुल गर्नुपर्ने, २ करोड ६८ लाख ७० हजार रुपैयाँको प्रमाण कागजात पेस गर्नुपर्ने, २८ लाख ४४ हजार रुपैयाँ नियमित गर्नुपर्ने र ३६ लाख २३ हजार रुपैयाँ पेस्की बाँकी रहेको उल्लेख छ ।

यसरी असुल गर्नुपर्ने रकम, प्रमाण कागजात पेस गर्नुपर्ने रकम, नियमित गर्नुपर्ने रकम र पेस्कीसमेत जोड्दा एकै आर्थिक वर्षमा ४ करोड ६० लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको हो । 

बेरुजु देखिनु आफैँमा रकम हिनामिना वा भ्रष्टाचार प्रमाणित हुनु होइन । तर महालेखापरीक्षकले औँल्याएका कैफियतको प्रकृति, त्यसको फछ्र्यौट र जिम्मेवार पदाधिकारीको जवाफदेहिताले गाउँपालिकाको वित्तीय सुशासनको वास्तविक अवस्था स्पष्ट पार्नेछ ।

वित्तीय विवरणमै कमजोरी, लेखा प्रणाली पूर्ण रूपमा लागू नभएको ठहर

बेरुजुको ठूलो रकमसँगै महालेखापरीक्षकले गाउँपालिकाको वित्तीय विवरण तयार गर्ने प्रणालीमाथि पनि प्रश्न उठाएको छ । प्रतिवेदनको कैफियतसहितको रायमा गाउँपालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विभिन्न कोषलगायतका वित्तीय विवरण तयार गर्दा महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग नगरेको उल्लेख छ ।

गाउँपालिकाले आय र व्ययको विवरण तयार गर्दा निर्धारित लेखा प्रणाली पूर्ण रूपमा अवलम्बन नगरेको तथा वित्तीय विवरणमा आवश्यक सबै विवरण समेट्न नसकेको लेखापरीक्षकको निष्कर्ष छ ।

त्यसैगरी, आम्दानी तथा खर्चको लेखा नगदमा आधारित प्रणालीबाट राखिएकाले गाउँपालिकाको सम्पत्ति तथा दायित्वको यकिन विवरणसमेत प्राप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यसले गाउँपालिकासँग कति सम्पत्ति छ, कति दायित्व बाँकी छ र समग्र वित्तीय अवस्था कस्तो छ भन्ने विषयमा स्पष्ट चित्र प्रस्तुत गर्न कठिनाइ भएको देखाउँछ ।

Kalikamai-Gaupalika-Beruju-Bisistha-Kumar---Birgunj-city-News-1795773869.jpg
आन्तरिक नियन्त्रण र वित्तीय व्यवस्थापन कमजोर

महालेखापरीक्षकले गाउँपालिकाको वित्तीय व्यवस्थापनमा अन्य कैफियतसमेत औँल्याएको छ । प्रतिवेदनअनुसार आन्तरिक नियन्त्रण प्रणाली, स्थानीय वित्त व्यवस्थापन, सम्पत्तिको संरक्षण, स्रोतसाधनको प्राप्ति तथा उपयोग, शासकीय प्रबन्ध, बजेट व्यवस्थापन र विकास प्रशासनका विषयमा सुधार आवश्यक देखिएको छ ।

त्यस्तै, स्रोत सुनिश्चितता, बजेट कार्यान्वयन, अनुदान वितरण तथा अनुगमन, सेवा प्रवाह, स्थानीय प्रशासन, जवाफदेहिता र सुशासनका क्षेत्रमा समेत सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनले वित्तीय विवरण तयार गर्ने जिम्मेवारी स्थानीय तहकै हुने स्पष्ट पारेको छ । वित्तीय विवरणमा जालसाजी वा अन्य गल्तीका कारण गलत आँकडा प्रस्तुत हुन नदिन आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी गाउँ कार्यपालिका र प्रमुख प्रशासकीय अधिकृतको हुने उल्लेख छ ।

बेरुजु फछ्र्यौटमा चुनौती, जिम्मेवार को ?

महालेखापरीक्षकको प्रतिवेदनले बेरुजु वर्गीकरण, अद्यावधिक बेरुजुको स्थिति र बेरुजु सम्परीक्षणको विवरणसमेत प्रस्तुत गरेको छ । अघिल्लो वर्षको ठूलो रकम फछ्र्यौट हुन नसक्नु र नयाँ आर्थिक वर्षमा थप बेरुजु देखिनुले गाउँपालिकाको आर्थिक प्रशासनमाथि थप निगरानी आवश्यक रहेको संकेत गरेको छ ।

विशेषगरी असुल गर्नुपर्ने रकम कसबाट र कहिलेसम्म असुल गरिन्छ, प्रमाण कागजात पेस गर्नुपर्ने रकमको अवस्था के छ, नियमित गर्नुपर्ने खर्चको कानुनी आधार के हो र बाँकी पेस्की कसले फछ्र्यौट गर्ने भन्ने विषयमा गाउँपालिकाले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ ।

महालेखापरीक्षकले लेखापरीक्षणका क्रममा प्राप्त प्रमाण र कागजातका आधारमा प्रतिवेदन तयार गरेको उल्लेख गर्दै लेखापरीक्षणबाट सबै प्रकारका सम्भावित त्रुटि वा जालसाजी पत्ता लाग्ने निश्चित नहुनेसमेत स्पष्ट पारेको छ । गाउँपालिकाले २४ करोड १० हजार रुपैयाँको अद्यावधिक बेरुजु कसरी फछ्र्यौट गर्छ भन्ने प्रमुख चुनौतिको रुपमा देखिएको छ । 

सार्वजनिक बजेटबाट सञ्चालन हुने स्थानीय सरकारको आर्थिक कारोबार पारदर्शी हुनु र प्रत्येक खर्चको औचित्य पुष्टि हुनु अनिवार्य छ । त्यसैले बेरुजुको अंक सार्वजनिक गरेर मात्र पुग्दैन, यसको कारण, जिम्मेवार पदाधिकारी, असुलीको अवस्था र फछ्र्यौटको समयसीमा पनि सार्वजनिक गर्न आवश्यक छ । कालिकामाई गाउँपालिकाले महालेखापरीक्षकले औँल्याएका कैफियत सच्याउँदै आर्थिक अनुशासन कायम गर्न सक्छ कि सक्दैन भन्ने विषय अब चासोको केन्द्र बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १५:३२
#मधेश प्रदेश #कालिकामाई गाउँपालिका #पर्सा #सुशासन #स्थानीय सरकार #आर्थिक पारदर्शिता #वीरगंज सिटी #आर्थिक अनियमितता #वित्तीय अनुशासन #सार्वजनिक खर्च
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
सुनको मूल्य उकालो लाग्यो, तोलामा कति बढ्यो ?
सुनको मूल्य उकालो लाग्यो, तोलामा कति बढ्यो ? बिहीबार, मंसिर १०, २०८३
चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत नाघ्यो
चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत नाघ्यो बिहीबार, मंसिर १०, २०८३
नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ६८ अर्ब, कुल व्यापार ९ खर्ब ३७ अर्ब
नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ६८ अर्ब, कुल व्यापार ९ खर्ब ३७ अर्ब बुधबार, मंसिर ९, २०८३
सुनको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ? बुधबार, मंसिर ९, २०८३
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? मंगलबार, मंसिर ८, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ वीरगंज सिटी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मितेरी पुलमा  इ -अटोचालकबाट वर्षौंदेखि रकम असुली, नदिए दुर्व्यवहारको आरोप
वीरगंजको मितेरी पुलमा इ -अटोचालकबाट वर्षौंदेखि रकम असुली, नदिए दुर्व्यवहारको आरोप वीरगंज सिटी
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक वीरगंज सिटी
वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको जालोः वडाध्यक्ष यादवले खोले शिक्षा क्षेत्रको पोल, कागजी विद्यार्थी, शिक्षकको मनपरी र खाजाको बजेटमा ब्रम्ह्लुट !
वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको जालोः वडाध्यक्ष यादवले खोले शिक्षा क्षेत्रको पोल, कागजी विद्यार्थी, शिक्षकको मनपरी र खाजाको बजेटमा ब्रम्ह्लुट ! वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो वीरगंज सिटी
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक वीरगंज सिटी
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP