नेपाली बजारमा आज (बिहीबार) सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो ।
मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
यसरी एकैदिन सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएपछि नेपाली बजारमा बहुमूल्य धातुको मूल्य पुनः उकालो लागेको छ ।