सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ। मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रूपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार सुनको मूल्य दुई हजार नौ सय रूपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रूपैयाँमा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले बढेर चाँदी तीन हजार एक सय सत्तरी रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला तीन हजार पैँसठ्ठी रूपैयाँमा कारोबार भएको थियो ।