काठमाडौँ | आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य उल्लेखनीय रूपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ ।
शुक्रबारको कारोबारमा छापावाल सुन २ लाख ४१ हजार ७०० रुपैयाँ प्रतितोला दरमा व्यापार भएको थियो। पछिल्ला केही दिनका उतार–चढावपछि आइतबार देखिएको यो वृद्धि धेरै महत्वपूर्ण छलाङ मानिएको छ ।
चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदी आइतबार ३५ रुपैयाँ बढेर ३ हजार १३५ रुपैयाँ पुगेको छ ।