काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँमा कायम भएको हो ।
बुधबार भने सुनको मूल्य ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, सुनको मूल्यमा गिरावट आए पनि चाँदीको भने मूल्य बढेको छ । आज चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँ थियो ।