चालु आर्थिक वर्षको पाँच महिनामा (साउन–मंसिर) नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ मूल्य बराबरको वस्तु आयात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार, आयात १५.८३ प्रतिशतले बढेको छ । निर्यातमा पनि वृद्धि देखिएको छ । पाँच महिनामा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकमा निर्यात गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशत बढेको हो ।
भन्सार विभागका अनुसार पाँच महिनामा सबैभन्दा बढी आयात भएका वस्तुहरूमा कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन, डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट र सुन पर्दछन् ।
निर्यातका मुख्य वस्तुहरूमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, अन्य फेल्टका सामग्री र पाम तेल रहेका छन् ।
विशेषतः निर्यात हुनेभन्दा बढी मूल्यका वस्तु आयात हुनुले व्यापार घाटा बढाउने संकेत गरेको छ ।
पाँच महिनामा बढी आयात भएका वस्तु:
-
कच्चा भटमासको तेल : ४६ अर्ब ९७ करोड
-
डिजेल : ४५ अर्ब ६० करोड
-
पेट्रोल : २७ अर्ब ३३ करोड
-
खाना पकाउने ग्यास : २२ अर्ब ३९ करोड
-
फलामज्नय सामग्री : २१ अर्ब ८४ करोड
-
स्मार्टफोन : १९ अर्ब १३ करोड
-
डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट : १९ अर्ब ७ करोड
-
सुन : १५ अर्ब ७२ करोड
-
फर्टिलाइजर ग्रेड : १२ अर्ब २९ करोड
पाँच महिनामा मुख्य निर्यात वस्तु:
-
प्रशोधित भटमासको तेल : ४६ अर्ब ५५ करोड
-
अलैंची : ५ अर्ब ५३ करोड
-
गलैंचा : ४ अर्ब १३ करोड
-
सूर्यमुखीको तेल : ३ अर्ब ७३ करोड
-
ब्लिच नगरिएको जुटका कपडा : २ अर्ब ७३ करोड
-
अन्य फेल्टका सामग्री : २ अर्ब ५८ करोड
-
पाम तेल : २ अर्ब ५१ करोड
-
धागो : २ अर्ब ९ करोड
-
स्कार्फ/मफलर : १ अर्ब ८८ करोड
-
कालो चिया : १ अर्ब ८६ करोड