पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आइतबार पनि दुवै धातुको मूल्यमा वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ८३५ रुपैयाँ पुगेको छ। महासङ्घका अनुसार यी मूल्य हालसम्मकै उच्च हुन् ।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्यमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुन चार हजार ५३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।