रौतहटको परोहा नगरपालिका–७ स्थित बसिर चोकमा सशस्त्र प्रहरी बलको बीओपी सरमुजवा र मोतीपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, मोटरसाइकल (बीआर ०५ बीएल ८८४६) मा सवार बारा निजगढ नगरपालिका–७ निवासी ३० वर्षीय शिखरबहादुर पुलामी र भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको घोडासहान कबैया–६ का २९ वर्षीय गोलु भनिने नैतिक कुमारलाई नियन्त्रणमा लिइएको छ ।
जाँचका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामोल–५० क्याप्सुल १२६ पत्ता (१,२६० थान), तीन थान मोबाइल फोन, ३६ हजार रुपैयाँ नगद र प्रयोग गरिएको मोटरसाइकल बरामद भएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी रवीन कार्कीका अनुसा
र, पक्राउ परेकामाथि लागुऔषध ओसारपसार सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको छ ।