मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।