राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको नगवा घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ ।
आज सम्पन्न घरदैलो कार्यक्रममा नगवाबासीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रास्वपाका पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तलाई समर्थन जनाएका छन् ।
घरदैलोका क्रममा रास्वपा पर्सा सभापति तथा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले रास्वपाको जित समग्र मुलुकको जित हुने उल्लेख गर्दै यसपटक नगवाबासीहरूले मत परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताए ।
नगवाबासीको अभूतपूर्व साथले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै उनले आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो कार्यक्रममा रास्वपाका पर्सा उपसभापति तुलसा पौडेल, सचिव सुदिश प्रजापती, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, सन्दिप कुशवाह, विशाल सिंह, माइकल सापकोटा लगायतको उपस्थिति रहेको थियो ।