राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र नम्बर–१ का उम्मेदवार हरिपन्तले चुनावी प्रचारअन्तर्गत विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
यसैक्रममा उनले आज क्षेत्रको सुखचैनामा भेटघाट तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीय मतदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने उम्मेदवारप्रति उत्साहजनक समर्थन देखिएको थियो ।
त्यसैबीच, काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको वीरगञ्ज आगमनको समय नजिकिँदै गएको चर्चा स्थानीयस्तरमा व्यापक रूपमा फैलिएको छ । बालेन वीरगञ्ज आउने तयारीमा रहेको जानकारीसँगै यहाँको राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ ।
उम्मेदवार हरिपन्तले आगामी दिनहरूमा पनि अन्य वडाहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।