महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख ५१ हजार ३ सय रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट पक्राउ पर्नेमा गौतम साह रहेका छन् । उनी सम्सी गाउँपालिका–७ का बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको टोलीले पोखरभिण्डतर्फबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र. ०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई नगदसहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।