राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार भैरहवा र आइतबार पोखरामा आयोजना गर्ने भनिएको परिवर्तन उद्घोष सभालाई स्थगित गरेको छ ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने तय भएको उक्त सभा स्थगित हुने कारणहरूबारे रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनका अनुसार नेताहरूको समय व्यवस्थान गर्न नसकिएको र सचिवालय तहका नेताहरू बसेर आन्तरिक योजना र गृहकार्य तयार गर्नु आवश्यक भएकाले सभाहरू तत्कालका लागि स्थगित गरिएको हो ।
सहप्रवक्ता रावलले आगामी तालिका परिमार्जन गरेर भोलि सार्वजनिक गरिने पनि जानकारी दिइन् ।