शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मधेसमा सरोज यादवको सरकार अन्योलमा, न समर्थन जुट्यो न मन्त्रिपरिषद् विस्तार
मधेसमा सरोज यादवको सरकार अन्योलमा, न समर्थन जुट्यो न मन्त्रिपरिषद् विस्तार
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, मंसिर ९, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव सरकार गठनको सुरुवातमै राजनीतिक अन्योलमा परेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार गठन भए पनि हालसम्म कुनै पनि दलले समर्थन नगरेपछि मन्त्रिपरिषद् विस्तारसमेत हुन सकेको छैन ।

गत मंसिर ६ गते मुख्यमन्त्रीका रूपमा शपथ लिएका यादवले प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् । तर, सरकार गठन भएको केही दिन बितिसक्दा पनि अन्य दलको समर्थन जुटाउन नसक्दा सरकार विस्तारको प्रक्रिया अघि बढ्न सकेको छैन ।

सरकार गठनको विषयलाई लिएर मधेस प्रदेशका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक ठाउँमा उभिएका छन् । मुख्यमन्त्री यादवले शपथ लिँदा तीनवटै दलका नेताहरूले कार्यक्रम बहिष्कार गरेका थिए । यता, जनमत पार्टीले पनि जसपा नेपालको नेतृत्वमा बनेको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

यद्यपि, जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले सरकार कुनै संकटमा नरहेको दाबी गरेका छन् । विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र एक–दुई दिनभित्र सरकारको विषयमा टुंगो लाग्ने उनले बताएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनका अनुसार जसपा नेपालसहितको अग्रगामी मोर्चाले यसअघि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । तर, राजनीतिक परिस्थितिमा आएको परिवर्तन र प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतका कारण जसपा नेपालले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

संविधानमा भएको व्यवस्थाअनुसार नै जसपा नेपालको काँधमा सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै झाले सरकार सञ्चालन गर्नु पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारे । 'संवैधानिक संकट नआओस् भनेर नै सरकारको नेतृत्व गरेका हौँ। यसमा सबै दलले सहयोग गर्नेछन्,' उनले दाबी गरे ।

अग्रगामी मोर्चाको कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव व्यस्त रहेकाले कांग्रेसलगायतका दलसँग छलफल हुन नसकेको उनले बताए । अध्यक्ष यादव फर्किएपछि एक–दुई दिनभित्र दलहरूबीच छलफल गरेर सरकारबारे निष्कर्षमा पुगिने उनको भनाइ छ ।

सरकार गठन प्रक्रियाविरुद्ध कानुनी परामर्शमा तीन दल

कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत जुटाउन नसकेपछि संविधानको व्यवस्थाअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

तर, जसपा नेपालले सरकारको नेतृत्व पाउनुअघि कांग्रेस, एमाले र नेकपाले छलफलका लागि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसँग लिखित रूपमा समय मागेका थिए । प्रदेश प्रमुखले छलफलका लागि समय नदिएको तीन दलको गुनासो छ ।

त्यसपछि सरकार गठन प्रक्रिया संविधानसम्मत भए–नभएको विषयमा कानुनी परामर्श सुरु गरिएको कांग्रेसका एक नेताले बताएका छन् । सरकार गठन प्रक्रियाविरुद्ध मुद्दा दायर गर्ने विषयमा समेत तीन दलले छलफल गरिरहेको उनको भनाइ छ ।

मधेस प्रदेशका कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरू अहिले काठमाडौंमा छन् । उनीहरूले सरकार गठन प्रक्रियाबारे कानुनी तथा राजनीतिक परामर्श गरिरहेको बताइएको छ ।

यद्यपि, सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा दलहरूले औपचारिक निर्णय गरिसकेका छैनन् । मधेस प्रदेशसभा कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र सिंहले यस विषयमा पार्टीले कुनै निर्णय नगरेको बताए। जसपा नेपालको नेतृत्वमा बनेको सरकारलाई समर्थन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको र एक–दुई दिनभित्र निष्कर्षमा पुगिने उनको भनाइ छ ।

सरकार गठनविरुद्ध मुद्दा दायर गर्ने तयारीबारे भने आफूलाई जानकारी नभएको सिंहले बताए ।

जसपा नेपालका नेता शैलेन्द्र साहले पनि परिस्थितिको आवश्यकताका आधारमा पार्टी सरकारको नेतृत्व गर्न बाध्य भएको बताए । अन्य दलले पनि सोहीअनुसार सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग परामर्श भइरहेको र चाँडै निष्कर्षमा पुगिने उनले बताए ।

बहुमतका लागि थप २५ सांसदको समर्थन आवश्यक

मुख्यमन्त्री यादवले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । हाल मधेस प्रदेशसभामा १०३ सदस्य छन् । जसमा जसपा नेपालका २८, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ । जसपा नेपालसँग हाल २८ सांसद रहेकाले बहुमत पुर्‍याउन थप २४ सांसदको समर्थन आवश्यक देखिन्छ ।

एमालेको समर्थन प्राप्त भए जसपा नेपाल नेतृत्वको सरकारले सहजै बहुमत जुटाउन सक्छ । तर, जसपा नेपालले एमालेसँग मिलेर सरकार बनाउने विषयमा अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

कांग्रेसको मात्रै समर्थनले पनि जसपा नेपाललाई बहुमत पुग्दैन । कांग्रेस र जनमत पार्टी दुवैको समर्थन प्राप्त भए भने सरकारका लागि आवश्यक संख्या पुग्नेछ। तर, यी दुवै दलले हालसम्म समर्थन गर्ने निर्णय गरेका छैनन् ।

नेकपा भने एमालेको साथ छाड्ने पक्षमा रहेको बताइएको छ । अन्य प्रदेशमा एमाले र नेकपा नेतृत्वको गठबन्धन सरकार रहेकाले मधेसमा पनि यी दुई दलबीचको सहकार्य कायम रहने नेताहरूको बुझाइ छ ।

जनमत पार्टीका नेता एवं मधेस प्रदेशसभा सदस्य महेश यादवले जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताए । सरकारबारे अग्रगामी मोर्चाको निर्णय आउन बाँकी रहेको र मोर्चाले गर्ने निर्णयअनुसार नै जनमत पार्टी अघि बढ्ने उनले स्पष्ट पारे ।

यता, जसपा नेपालका प्रदेशसभा सदस्य राजु गुप्ताले पनि दलहरूबीच सरकार गठनबारे परामर्श भइरहेको बताए । कांग्रेससँग औपचारिक छलफल हुन बाँकी रहेको उल्लेख गर्दै उनले पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौं आएपछि छलफल गरेर निष्कर्षमा पुगिने बताए । कांग्रेस र जनमत पार्टीले जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

यसरी मुख्यमन्त्री सरोज यादवले सरकार गठन गरेको भए पनि समर्थनको स्पष्ट आधार तयार हुन सकेको छैन । एकातिर तीन दल कानुनी तथा राजनीतिक परामर्शमा छन् भने अर्कोतिर जनमत पार्टीको निर्णयसमेत प्रतीक्षामा छ। त्यसैले मधेस प्रदेशको नयाँ सरकारको स्थायित्व र मन्त्रिपरिषद् विस्तार दुवै अन्योलमा देखिएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १५:२३
#नेकपा एमाले #जनमत पार्टी #नेपाली कांग्रेस #जनता समाजवादी पार्टी नेपाल #उपेन्द्र यादव #प्रदेश सरकार #मधेस प्रदेश राजनीति #मधेस प्रदेश सरकार #जसपा नेपाल #सरोज यादव #प्रदेशसभा #राजनीतिक संकट #मधेस प्रदेश समाचार #राजनीतिक समीकरण #जनकपुरधाम समाचार #विश्वासको मत #सरकार गठन #मुख्यमन्त्री सरोज यादव #मन्त्रिपरिषद् विस्तार #नेपाली कम्युनिस्ट पार्टी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’
गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’ मंगलबार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनले गरिन् भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
प्रधानमन्त्री बालेनले गरिन् भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट सोमबार, मंसिर ७, २०८३
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले पाए प्रधानमन्त्रीको जिम्मेवारी
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले पाए प्रधानमन्त्रीको जिम्मेवारी आइतबार, मंसिर ६, २०८३
खुश्बु ओलीको अभिव्यक्ति : ‘गौहत्या हुँदा विरोधमा सडकमा उत्रिनुपर्छ’
खुश्बु ओलीको अभिव्यक्ति : ‘गौहत्या हुँदा विरोधमा सडकमा उत्रिनुपर्छ’ आइतबार, मंसिर ६, २०८३
मधेशमा नयाँ सरकार गठन, मुख्यमन्त्री यादवले लिए शपथ
मधेशमा नयाँ सरकार गठन, मुख्यमन्त्री यादवले लिए शपथ आइतबार, मंसिर ६, २०८३
मधेशमा कांग्रेस सरकारविरुद्ध तीन दल एकजुट, प्रदेश प्रमुखसमक्ष पुगे
मधेशमा कांग्रेस सरकारविरुद्ध तीन दल एकजुट, प्रदेश प्रमुखसमक्ष पुगे शुक्रबार, मंसिर ४, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट
उदयपुरमा २६ हजारभन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट वीरगंज सिटी
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन
पत्रकारमाथिको धरपकडविरुद्ध पर्साका पत्रकार सडकमा, सीडीओ कार्यालयअगाडि प्रदर्शन वीरगंज सिटी
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा
भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP