नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ७ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी ५ हजार ७ सय २५ रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतार–चढाव तथा विनिमय दरको प्रभावले नेपाली बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन् ।