नेपालमा मंगलवार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ४०० र चाँदी तोलामा रु ७० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुनको मूल्य प्रतितोला रु ३,०९,९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु ५,३३५ निर्धारण गरिएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ३,०९,५०० थियो भने चाँदीको मूल्य रु ५,२६५ कायम थियो । आइतवार सुन प्रतितोला रु ३,०९,४०० र चाँदी रु ५,२७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन एक औँसको मूल्य ५,०३० अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।