नेपालमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
शनिबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १२ हजार ५ सय रुपैयाँले घटेको हो । पछिल्लो एक सातामा मात्र सुनको भाउ प्रतितोला २९ हजार ४ सय रुपैयाँले घटिसकेको महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चाँदी प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ३ सय ५५ रुपैयाँले घटेको हो । पछिल्लो एक सातामा चाँदीको भाउ पनि प्रतितोला ७३० रुपैयाँले घटेको बताइएको छ ।