त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन रहेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले सोमबार राति सवा १२ बजेतिर उनलाई पक्राउ गरेको हो । उनी थाई एअरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।
विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार, उनको सुटकेसभित्रबाट ३ किलो ४३५ ग्राम गाँजा बरामद भएको छ। पक्राउ परेका थुइनलाई लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ ।