सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ ।
यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले घट्दै सुनको भाउ २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा सुनको भाउ उल्लेखनीय रूपमा घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको सुन हालसम्म आइपुग्दा तोलामा ३६ हजार रुपैयाँले सस्तो भएको हो । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको देखिन्छ ।
यता, चाँदीको मूल्य भने सामान्य बढेको छ । मंगलबार चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ ।
यद्यपि, चाँदीको भाउ पनि साताभरमा घट्दो अवस्थामा नै छ । गत मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँ रहेको चाँदी हालसम्म आइपुग्दा ८३० रुपैयाँले घटेको छ ।