सन् २०१४ मा रिलिज भएको फिल्म 'इन्टरस्टेलर'ले विज्ञान र अन्तरिक्षप्रति रुचि राख्नेहरूलाई आकर्षित गर्यो। फिल्मले पृथ्वीको विनाशपछि मानिसहरूले नयाँ बासस्थानको खोजी गर्ने कथालाई प्रस्तुत गर्दछ। यो फिल्ममा अन्तरिक्ष, समय, र गुरुत्वाकर्षणका विविध पक्षलाई देखाइएको छ। मुख्य पात्र कूपरको अन्तरिक्ष यात्राले समयको बिचलनको कारण, पृथ्वीमा फर्कदा उसले आफ्ना छोराछोरीलाई बूढो भएको पाउँछ भने उसको उमेर उस्तै रहन्छ।
अब प्रश्न उठ्छ, अन्तरिक्षमा अन्तरिक्ष यात्रीहरूको उमेर साँच्चै पृथ्वीका मानिसहरूको तुलनामा बिस्तारै बढ्छ ? यसबारे विज्ञान के भन्छ ?
विज्ञानको अनुसन्धान
यस प्रश्नको उत्तर खोज्न सन् २०१५ मा दुई जुम्ल्याहा भाइमाथि अध्ययन गरिएको थियो। एक भाइ स्कट केलीलाई करिब एक वर्षसम्म अन्तरिक्षमा पठाइएको थियो भने अर्को भाइ मार्कलाई पृथ्वीमा राखिएको थियो। यस अनुसन्धानमा १२ विश्वविद्यालयका करिब ८४ शोधकर्ताले काम गरेका थिए ।
अनुसन्धानको नतिजा
सन् २०१९ मा यो अनुसन्धानको नतिजा साइन्स जर्नलमा प्रकाशित भयो, जसले सबैलाई चकित बनायो । रिपोर्टका अनुसार स्कटको शरीरमा करिब एक हजार जीनमा परिवर्तन भएको थियो । सबैभन्दा ठूलो परिवर्तन टेलोमेरमा देखियो। टेलोमेर क्रोमोजोमको छेउमा पाइने प्रोटिन हो, जसले डीएनएलाई छोटो हुनबाट बचाउँछ । पृथ्वीमा मानिस हुँदा टेलोमेर छोटो हुँदै जान्छ, जसका कारण बुढ्यौली देखा पर्छ ।
तर, स्कटसँग यो भइरहेको थिएन। स्कट अन्तरिक्षमा जाँदा उनका डीएनएको आकार लामो हुँदै गयो । अन्तरिक्ष यात्रा जति लामो हुँदै गयो, यी परिवर्तनहरू पनि तीव्र हुँदै गइरहेका थिए। छोटो समयमै स्कट आफ्नो पार्थिव जुम्ल्याहा भाइभन्दा कान्छो देखिन थाले। यसबेला उनको जीन ९१.३ प्रतिशतले परिवर्तन भइसकेको थियो ।
परिवर्तनको स्थायित्व
यद्यपि, यी परिवर्तनहरू धेरै स्थायी थिएनन्। स्कट पृथ्वीमा आएको ६ महिनाभित्र सबै कुरा सामान्य भयो। अर्थात्, अन्तरिक्षमा आफ्नो जुम्ल्याहा भाइभन्दा कान्छो देखिने स्कट पृथ्वीमा आएपछि उनीजस्तै बूढो देखिन थाले। केही समयमै उनको डीएनए पनि पृथ्वीमा रहँदाको जस्तै भयो ।
'इन्टरस्टेलर' फिल्मले देखाएको तथ्यले विज्ञानमा केही सत्यता भने अवश्य छ । अन्तरिक्षमा रहेका बेला समयको प्रभावले उमेरको प्रक्रिया केही समयका लागि फरक पर्न सक्छ। तर, पृथ्वीमा फर्केपछि यो प्रभाव सामान्य अवस्थामा फर्कन्छ। यस अनुसन्धानले अन्तरिक्ष यात्राको प्रभावबारे नयाँ दृष्टिकोण दिएको छ र भविष्यका अनुसन्धानहरूका लागि मार्गप्रशस्त गरेको छ ।