बमको धम्कीपछि जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानलाई जयपुर विमानस्थलमा डाइभर्ट गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार विमानलाई जयपुर विमानस्थलमा आपतकालीन अवतरण गराइएको हो । घटनापछि अधिकारीहरू विमानस्थल पुगेका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डियाको उडान एआई २०३० जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। विमान अपहरणको धम्की आएको आशंकापछि सुरक्षा जाँच गरिएको जनाइएको छ ।
धम्कीको प्रकृति र घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी छ ।