शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।