नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यहरूको संसदीय सचेतना तथा अभिमुखीकरण कार्यक्रम पार्टी कार्यालय सानेपा, ललितपुरमा सुरु भएको छ ।
नेपाली कांग्रेसले आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यहरूलाई संसदीय प्रक्रिया, कानुनी ज्ञान तथा कार्यसम्पादनबारे अभिमुखीकरण गर्ने निर्णयअनुसार कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिने व्यवस्था गरिएको छ । जसअनुसार कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, साथै महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरे ले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।